‘होस्टेल रिटर्न्स’ले तोक्यो रिलिज मिति, बैशाख २५ मा देशैभर



returns

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
हालै बुटवलमा छायांकन सकाएर काठमाडौं फर्किएको चलचित्र ‘होस्टेल रिटर्न्स’ युनिटले आफ्नो प्रदर्शन मिति सार्वजनिक गरेको छ । बैशाख २५ गते (मे ८ तारिख) मा ‘होस्टेल रिटर्न्स’ देशभर प्रदर्शन हुने चलचित्रका निर्माता सुनिल रावलले बताए । यसअघि सायद र होस्टेल निर्माण गरेको दुर्गिश फिल्मसको यो तेस्रो प्रोजेक्ट हो ।

निर्माण कम्पनीका अनुसार उक्त चलचित्र अलनेपाल रिलिज हुनेछ । यतिबेला सम्पादन कार्य भइरहेको चलचित्रलाई नयाँ प्रचार रणनीतिअनुसार दर्शकमाझ लैजाने तयारी भैरहेको बताईएको छ । ‘सबै कलाकारले एकदमै महत्वपूर्ण र आकर्षक अभिनय गरेका छन्’ निर्माता रावलले भने, ‘पब्लिसिटी र उत्कृष्ट फिल्म बनाउनका लागि हामीले कुनै कसर बाँकी राखेका छैनौं ।’ सुरज भुषाल निर्देशित ‘होस्टेल रिटर्न्स’ले छात्रावासको जीवनशैली, बसोवास गर्ने विद्यार्थीबीचको मतमतान्तरलाई जनाउने बताईन्छ ।

सुशिल श्रेष्ठ, नजिर हुसेन, सुशिल सिटौला, अभय बराल, शशी श्रेष्ठ, स्वस्तीमा खड्का, सुदाम सिके, प्रदीप चौधरी, रोयदीप श्रेष्ठ, इभम जोशी, निर्मल शर्मा, दीया मास्के र निर्माता रावलको अभिनय रहेको फिल्मको संगीत तयार भैसकको छ । स्वप्नील आचार्यको संगीतमा लोक र रक स्वादको मिश्रण गरिएको छ । हरि हुमागाइँको क्यामेरा, अष्ट महर्जनको एक्सन, गोविन्द राईको नृत्य निर्देशन तथा सुरज भुषाल एवं सन्तोष लम्सालको पटकथा छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu