चितवनमा ‘मेरो मान्छे’ को शुभमुहूर्त



mero-manxe-1

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
‘भेटि’ र ‘लफडा’ चलचित्र निर्माण गरेका निर्माता नारायण खतिवडाको निर्माण रहने चलचित्र ‘मेरो मान्छे’ को मंगलबार चितवनको चित्रसारीमा अवस्थित चित्रसेन बाबा मन्दिरमा शुभमुहूर्त गरिएको छ । चितवनको चित्रसारीमा रहेको चित्रसेन बाबा मन्दिरमा कलाकार दिपक अधिकारीले फिल्मको ‘क्ल्याप’ ठोकेर फिल्मको शुभमुहूर्त गरेका छन् ।

चित्रसेन बाबा मिडिया प्रा.ली .ब्यानरमा बन्ने चलचित्र मेरो मान्छेका निर्देशक राज सरगम हुन् । शुभमुहूर्त पछि बोल्दै निर्माता खतिवडाले तेस्रो चलचित्रको रुपमा निर्माण गर्न लागेको ‘मेरो मान्छे’मा यस अगाडीका चलचित्रको भन्दा फरक बिषय रहेको बताए । उनले भने ‘अघिल्ला चलचित्रभन्दा यो निकै राम्रो बनाउने छु’ । चलचित्रको कथावस्तु राम्रो भएकाले प्रर्दशनमा पनि सबैको मन जित्ने खतिवडाको भनाइ छ ।

mero-manxe-2

फिल्मको छायांकन २५ दिनमा सक्ने लक्ष्य लिइएको छ । चितवनमा ७५ प्रतिशत छायांकन गरिने छ भने बाँकी छायांकन पोखरा, नवलपरासी, हेटौडा, काठमाडौं लगाएतका स्थानमा हुने निर्माता नारायण खतिवडाले बताए । चलचित्रमा अनिल अधिकारी, दिपक ढकाल, सगुन शाही, स्मिता थपलिया, सुरबीर पण्डीत, गणेश उप्रेती, रमेश लोहोनी,र बिन कथायत, दिपक अधिकारी, राज यादब, आजाद खान लगाएतका कलाकारको मुख्य भुमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu