पुजनाको चकलेट पोखरामा



chocolate

अपिल त्रिपाठी, पोखरा ।
नायीका पुजना प्रधान निर्मीत फिल्म ‘चकलेट’ युनिट पोखरा आइपुगेको छ । हाँस्य टेलिश्रृंखला तितो-सत्य का कलाकार निर्मल शर्मा ‘गैँडा’ले निर्देशन गरेको फिल्मको एक गीत बाहेक अन्य छायङ्कन केही समय अगाडी नै सकिएको थियो । बाँकी रहेको एक गीतको छायांकनको लागी युनिट पोखरा आएको हो । गीत लाई प्रसन्न पौड्यालले कोरीयोग्राफि गरेका छन् । भोली सम्ममा सो गीतको छायांकन सकी युनिट भोली नै काठमाडौ फर्कने बताइएको छ ।

छायांकनस्थलमा भेटिएका निर्देशक निर्मल शर्माले चकलेटले सडक बालबालिकाको कथा भन्ने बताए । ‘मेरो डेब्यु निर्देशकिय फिल्म हो, त्यसैले सकेजती राम्रो बनाउने प्रयास गरेको छु’ निर्देशक शर्माले भने । नायीका तथा निमात्री पुजना स्त्रीले आफ्नो कथामा बिश्वास लागेर नै लगानी गरेको बताइन । फिल्मले मनोरञ्जनसँगै दरिलो सामाजिक सन्देश दिने पुजनाको भनाई छ ।

chocolate1

चलचित्रमा पुजना स्त्री, आयुष्मान घिमिरे, नम्रता झा, अनुज शाक्य लगायतका कलाकारले अभिनय गरेका छन् । फिल्मको सम्पादन समेत अन्तिम चरणमा पुगेको बताइएको छ । केही समयमै प्रदर्शन मिती तय गरिने निमात्री पुजनाले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu