प्रचारका लागी ‘टुल्के’ भ्याली बाहिर



tulke

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
कार्तिक १४ गते देखी राजधानीमा मात्र प्रदर्शन सुरु गरेको चलचित्र ‘टलकजंग भर्सेस टुल्के’ले राजधानीमा राम्रो व्यापार गरिरहेको अवस्थामा चलचित्र मोफसलमा रिलोजको अन्तिम तयारी भईरहेको छ । २१ गते मोफसल रिलिजको तयारीमा रहेको चलचित्र युनिट चलचित्रको प्रचार प्रसारको लागी उपत्यका बाहिर गएका छन् ।

राजधानीबाट भन्दा मोफसबाट बढि आशामा रहेको चलचित्र ‘टलकजंग भर्सेस टुल्के’ युनिटले उपत्यका बाहिर आफ्नो प्रचारलाई व्यापक बनाउने बताइएको छ । बिर्तामोड, दमक, धरान, इटहरी, बिराटनगर, लालबन्दि, हेटौँडा, चितवन, बुटवल तथा पोखरामा चलचित्र युनिट पुग्ने छ । ‘लुट’ निर्देशक निश्चल बस्नेतकोनिर्देशन गरेको दोस्रो चलचित्र ‘टलकजंग भर्सेस टुल्के’ सिभिल मल, कुमारी, जय नेपाल हल,बिग मुभिज, सिने दि सेफ, गोपीकृष्णा, अष्टनारायण, गुण सिनेमा लगायतका हलहरुमा पनि चलचित्रको प्रर्दशन भईरहेको छ ।

चलचित्रमा खगेन्द्र लामिछाने, ऋचा शर्मा, दयाहाङ्ग राई, रबिन्द्र सिंह बानिया, शुसांक मैनाली, रजनी गुरुङ्ग, प्रकास घिमिरे, राज थापा लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । लप्पन छप्पन नजान्ने एक सोझो गाँउले ठिटोले आफ्नो गुमेको परिचय खोज्न गरेको संघर्षको कथालाई चलचित्रमा उठान गरिएको छ । षटकोण आर्टस् र ब्ल्याकहर्स पिक्चर्सको संयुक्त ब्यानरमा बनेको यो चलचित्रका निर्माता रबिन्द्र सिंह बानिया हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu