कुनै दिन यिनै सडकमा जागिरका लागी भौंतारिन्थे अमिताभ



Amitabh

बलिउडका महानायक अमिताभ बच्चनलाई त्यतिबेला पुराना दिनको याद आयो जतिबेला उनी कलकत्ताको सडकमा आफ्नो फिल्म ‘पिकू’को सुटिंग गरिरहेका थिए । कुनै समय थियो, बर्षातको समयमा निथु्रक्क भिज्दै उनी जागिरको खोजीमा यिनै सडकमा आकूलव्याकूल बनेर घुमिरहेका हुन्थे ।

‘बिग बि’ले आइतबार कलकत्ताको सडक र गल्लीहरुमा साइकल चलाउँदै आफ्नो फिल्मको सुटिङ गरे र आफ्ना शुभचिन्तकहरुलाई सामाजिक सञ्जालबाट शेयर पनि गरे । अनि उनले लेखे, ‘कलकत्ताको मुख्य गल्लीहरुमा साइकल चलाउनु, क्यामरा र भिडलाई पछ्याउनु, समयको कस्तो चक्र हो । कुनै बेला यही ठाउँमा नोकरीको खोजीमा हुन्थेँ ।’ आफ्नो प्रिय महानायक देखेर कलकत्तामा शुभचिन्तकहरु पनि उत्साहित देखिन्थे । सुटिंगको क्रममा भिड नियन्त्रण गर्न सहयोग गर्ने कलकत्ताको ट्राफिक प्रहरीलाई पनि अमिताभले धन्यवाद दिएका छन् ।

सुटिंगको लागि कलकत्ता पुग्नासाथ अमिताभले ट्वीट गरेर भने, ‘यस शहरमा आएपछि यसको धेरै यादहरु आइरहेछन्, तर आउने दिनहमा धेरै कुरा हुनेवाला छन् । कलकत्ता एक विशेष किसिमको सहर हो जहाँ ज्ञान र विवेकले तपाईंलाई उत्साहित गर्दछ ।’ छायांकन सकिएपछि आफ्ना पूराना यादहरु पुनर्ताजगी गर्दै उनले लेखे, ‘राइटर्स बिल्डिंग, गभर्नमेन्ट हाउस, मैदान, ट्राम सेवाहरु, भिक्टोरिया मेमोरियल‘। अहो ‘। यस्ता जिउँदोजाग्दो यादहरु ‘। र १९६२ को त्यो वर्ष ‘। जतिबेला कलकत्ता देशकै सबभन्दा बढी चहलपहल हुने सहर थियो । कस्तो समय थियो ‘ ।’

उनी उक्त सहरमा ३०० भारु तिरेर एक महिनाको लागि पेइंग गेस्ट बनेर बस्ने गर्दथे । ‘पिकू’मा अमिताभ ७२ वर्षीया वृद्धको भूमिमा निर्वाह गर्दैछन् र अभिनेत्री दीपिका पादुकोण उनको छोरीको भूमिकामा छिन् । उक्त चलचित्रले एक बाबु र छोरीबीचको सम्बन्धलाई चित्रित गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu