पुष १८ मा जिन्दगी रक्स



zindagi-rocks

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
पुष १८ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र जिन्दगी रक्सको प्रोमो, पोष्टर र रिलिज मिति मंगलवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको छ । १०० भन्दा बढि म्युजिक भिडियो निर्देशन गरिसकेका निकेश खड्काले निर्देशन गरेको पहिलो चलचित्र जिन्दगी रक्स उत्कृष्ट चलचित्र बनेको निर्देशक खड्काले दाबी गरेका छन् ।

‘हाम्रो नयाँ टिमले निकै मेहनतका साथ फिल्म बनाउने प्रयाश गरेका छौँ, हामीलाई पुर्ण आशा छ दर्शकले चलचित्र निकै मनपराउनु हुनेछ’ खड्काले कार्यक्रममा भने । नयाँ कलाकारको बाहुल्यता रहेको चलचित्र जिन्दगी रक्सको अहिले प्राविधिक काम भइरहेको छ । अकेशा बिष्ट, सौरमराज तुलाधर, ऋचा शर्मा, सोनम पाख्रिन, प्रकृती श्रेष्ठ, राजेन्द्र खड्गी, मकन राई, विनोद मैनाली, विक्की पुलामी, हर्कराज घलान लगायतका कलाकारको अभिनय रहेको चलचित्र जिन्दगी रक्सले केही यूवायूवती र उनीहरुको रमाइलो यात्रालाई देखाउन खोजेको चलचित्रकी निर्मात्री सुजता श्रेष्ठले बताइन् ।

चलचित्रमा सुजतासंगै बिरेन्द्र राज तुलाधरको लगानी रहेको छ । चलचित्रमा निरोज महर्जनको कथा, हरी हुमागाइँको छायांकन, निशान घिमिरेको सम्पादन छ । भी प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र जिन्दगी रक्समा विरेन्द्रराज तुलाधरको लगानी रहेको छ । कार्यक्रममा चलचित्रमा समावेश ‘लखर लखर’ बोलको गीत देखाईएको थियो भने चलचित्रका दुई कलाकार अकेषा बिष्ट र सुरमराज तुलाधरले गीत समेत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu