नेपाल जस्तो सुन्दर देशमा आउन पाउँदा खुसी छु: रविना टण्डन



rabina

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
केहि समय यतामात्र बलिउड कलाकारहरु नेपाल भित्रने क्रम बढ्दै गएको अवस्थामा बलिउडकी अर्की चर्चित अभिनेत्री रविना टण्डन यतिबेला काठमाण्डौमा छिन् । मंगलवार पत्रकार सम्मेलन गरेकी उनि बुधवार काठमाडौंको होटल याक एण्ड यतिमा हुन लागेको एक फेशन शोमा सो स्टपर बन्दैछिन् ।

नेपाल जेम एन्ड ज्वोलरी एसोसियसनले आयोजना गर्न लागेको नेपाल जेम्स एन्ड ज्वोलरी एक्स्पो २०१४ मा रबिना र्‍याम्पमा उत्रनेछिन् । नेपालमै उत्पादन भएका गहनामा रबिनाले क्याटवाक गर्ने बताइएको छ । हिजो राजधानीमा आयोजक समितिले गरेको पत्रकार सम्मेलनमा उपस्थित भएकी रविनाले आफु नेपाल जस्तो सुन्दर देशमा आउन पाउँदा सुखी रहेको बताइन् । उनले भनिन् ‘म वुद्ध जन्मेको देशमा आउन पाउँदा निकै खुसी छु । नेपालका सबै रमणीय ठाँउहरु डुल्ने मन छ’ ।

कुनै समय बलिउडमा एक छत्र राज गरेकी रविना पछिल्ला दिनहरुमा भने बलिउड चलचित्रमा देखिन छाडेकी छिन् । बुधवारको कार्यक्रममा रविना र्‍याम्पमा उत्रनेछिन् । नेपाली गहनाको प्रबर्द्धनका लागि फेशन शोमा नेपाली अभिनेत्री प्रियंका कार्की, पूर्व मिस नेपालहरुको साथमा मोडलहरुले ८ वटा सिक्वेन्समा क्वाटवाक गर्नेछन् ।

बिनाले नेपालका गहना २४ क्यारेटकै हुने भन्दै भारतमा पनि यसको प्रचार गर्ने बताइन् । भारतका मिडियाले पनि नेपालका गहनाको बारेमा प्रचार गरेको भन्दै उनले आफूले केही गरगहना खरिद गर्ने जानकारी दिइन् । आफूलाई नेपालको लुम्बिनी घुम्न र हिमाल हेर्न मन लागेको बताइन् । फेशन शो आयोजना गरेसँगै आयोजकले ३ दिन गहना प्रदर्शनी गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu