स्क्रिप्ट नै नपढी टुल्के बन्यो: निर्देशक बस्नेत



tulke-dharan

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
राजधानीमा दर्शकको मायाबाट निकै उत्साहित बनेको चलचित्र ‘टलकजंग भर्सेज टुल्के’ यूनिट अब मोफलमा दर्शक भित्राउने तयारीमा छ । कात्तिक १४ गते राजधानीमा प्रदर्शन सुरु गरेको चलचित्र टलकजंग भर्सेज टुल्के कात्तिक २१ गते बाट भने उपत्यका बाहिर रिलिजको अन्तिम तयारीमा छ । उपत्यका बाहिर चलचित्रको प्रचार प्रसारका लागी हिडेको चलचित्र युनिटले मंगलबार धरानमा पत्रकार सम्मेलन गरि कात्तिक २१ गते देखी चलचित्र टलकजंग भर्सेज टुल्के मोफसलमा रिलिज हुने बताएको छ ।

गत शुक्रबार उपत्यकाका १९ वटा हलमा टुल्केलाई हेर्न पाएका दर्शकहरुले अव मोफसलका ३५ वटा हलमा एकसाथ हेर्न पाउने भएका छन् । ‘टुल्के चरित्रले हाम्रो मनमस्तिकलाई नै खिचिरह्यो पत्रकार सम्मेलनमा उनले भने ‘त्यतिबेलाको टुल्केलाई अहिले फराकिलो क्यानभास दिएर फिल्ममा उतारेका छौं । २०६४ मा सवैभन्दा बढी रुचाइएको नाटक टलकजंग भर्सेज टुल्केको क्यानभास स्टेजमा मात्रै सिमित थियो । र यसलाई निर्देशक निश्चल बस्नेतले फिल्ममा उक्त कुरालाई अटाए ।

निर्देशक बस्नेतले भने, ‘न त्यतिबेलाको नाटक हेरेँ, न स्क्रिप्ट नै पढेँ’ । आफ्नै शैलीमा रुपान्तरण गर्नकै लागि नाटक र त्यसको स्क्रिप्ट नपढेको पनि उनले खुलाए। ‘हो मलाई स्क्रिप्ट र नाटक हेर्न भनिएको थियो तर, मैले मानिन्, हेर्दिन भने, किनकी मैले आफ्नै शैलीको टुल्के उत्पादन गर्नु थियो ।, उनले भने ‘तर, अव म यि दुवै हेर्छु । अनी तुलनात्मक रुप बुझ्ने छु ।

चलचित्रले समाजिक कथा जसमा आफूभित्रको अन्तरद्वन्द्वलाई प्रस्तुत गरिएको छ । चलचित्रले गुमेको पहिचानलाई संर्घष गरेर पुन फिर्ता ल्याएको देखाउन खोजिएको कलाकार एवं कार्यकारी निर्माता रविन्द्र सिंहले बताए । फिल्ममा दयाहांग राई, ऋचा शर्मा, प्रकाश घिमिरे, सुशांक मैनाली, खगेन्द्र लामिछाने लगायतका कलाकारहरुको अभियन रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu