किन गएनन् सुदर्शन क्यानेडियन अवार्ड लिन ?



sudarshan-gautamठुलोपर्दा डटकम, काठमाण्डौ ।
चलचित्र हिम्मतवालीमा अभिनय गरेपछि निकै चर्चामा रहेका सुदर्शन गौतम क्यानाडाको संसदबाट प्राप्त अवार्ड लिन नगएको कुरा सार्वजनिक भएको छ । दुवै हात नभएका तर विभिन्न कामबाट गिनिज बुक देखी विश्व रेकर्ड समेत बनाईसकेका सुदर्शन गौतमलाई क्यानाडा सरकारले दुवै हातबिना सर्वोच्च शिखर आरोहण गरे बापत क्यानाडाको संसदबाट पाउने क्यानेडियन डिस्याबिलिटी हल अफ फ्रेमको अवार्ड दिन लगेको थियो र तर सुदर्शन उक्त कार्यक्रममा सहभागी नभएपछि उक्त कार्यक्रम रद्द भएको छ ।

यो पुरस्कार क्यानाडा सरकारको ठूलो पुरस्कार हो । टोरोन्टो योर्क होटेलमा आयोजना भएको उक्त अवार्ड कार्यक्रममा सुदर्शन उपस्थित नभएपछि अन्तिम समयमा सबै तयारी रद्ध गरेको बताइएको छ । कार्यक्रममा नेपालका लागि राजदूत कुंदर शर्मा, एनअरएन क्यानाडाका प्रमुख अनिल शर्मा लगायत तथा नेपाली संस्थाका प्रतिनिधिहरुको बाक्लै उपस्थिति रहेको थियो ।

सुदर्शन गौतम क्यानाडा मा २००५ मा आएर २००८ मा क्यानाडाको नागरिक भएर हाल कलगेरी सहरमा बसोबास गर्छन् । मोटिभेस्नल पब्लिक स्पिकर, क्यालगरीमा रेस्टुरेन्ट तथा कारसेलको ब्यापार गर्ने तथा थुप्रै संस्थाहरूमा आबद्ध गौतम २०१२ मा कम्पलिन कालगरिनको चुनाव जितेका थिए । २०१३ बाट एनआरएन क्यानाडाको दूत पनि घोषणा गरेको छ तर गौतमले आधिकारिक रुपमा पदभार ग्रहन्न गरेका छैनन् ।
(रमेश अर्यालको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu