‘श्री ५ अम्बरे’को प्रचारमा ‘भिमफेदी गाइज’को नृत्य (भिडियो)



bhimfedi

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
‘अन्तराल’ चलचित्रबाट उत्कृष्ट नव-निर्देशकको अवार्ड समेत पाएकी दिपा बस्नेतले निर्देशन गरेको दोस्रो चलचित्र ‘श्री ५ अम्बरे’ले आफ्नो प्रचार-प्रसारलाई व्यापक बनाउदै गएको छ । देश दौडाहामा हिँडिरहेको चलचित्रको जम्बो युनिटले फेरी प्रचार प्रसारमा अर्को काइदा अपनाएको छ ।

‘भिमफेदी गाइज’ नामक ग्रुपले चलचित्रको प्रचारका लागि एउटा भिडियो तयार पारेको छ । निकै आर्कषक रुपमा ‘भिमफेदी गाइज’ ग्रुपले चलचित्रका गीतहरुका निकै आर्कषक नृत्य र चलचित्र मंसिर ५ मा आउदैं छ जसरी भएपनि चलचित्र हलमा गएर चलचित्र हेर्नु पर्छ भन्ने जानकारी दिन खोजेको छ ।
टीएन आचार्य र दीपक आचार्यको लगानी रहेको चलचित्रलाई महिला निर्देशक दिपा बस्नेतले निर्देशन गरेकी हुन् । चलचित्रमा सौगात मल्ल, केकी अधिकारी, प्रियंका कार्की, बिक्रम सिंह, सिर्जना अधिकारी, यमबुद्ध, दिवाज राई, मार्टिन खान, राज गोदाइली लगायतले अभिनय गरेका छन् । जीवनसाथी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र श्री ५ अम्बरे’ले समाजमा रहेको राजा बन्न चाहने एक पात्रको कथा बोल्ने छ ।

भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu