भुवन के.सी. पुगे छोराको जेरीमा



Bhuwan-anmol

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
कार्तिक २८ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र जेरीले बिहिवार काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रम राखि चलचित्रका सार्वजनिक भइसकेका गीत र ट्रेलर देखाएको छ । चलचित्र जेरीको सार्वजनिक भइसकेका दुई वटा गीत र ट्रेलर देखाईको हो ।

कार्यक्रममा नायक भुवन केसी पनि उपस्थित भएका थिए । उनले आफ्नो छोरा अनमोल केसीको मुख्य भुमिका रहेको जेरी उत्कृष्ट चलचित्र बनेको विस्वास व्यक्त गरे । छोराले अभिनय गरेको गीत र ट्रेलर हेरिरहदाँ मुस्कुराईरहेका भुवनले चलचित्र जेरीले सुस्ताइरहेको चलचित्र बजारलाई केहि हद सम्म भएपनि राहत मिल्ने बताए ।

Anmol-Anna

त्यस्तै कार्यक्रममा अनमोल केसीले चलचित्र जेरी उत्कृष्ट चलचित्र बनेको बताउदै जेरीलाई आम दर्शकले मन पराउनेमा ढुक्क रहेको पनि बताए । कार्यक्रममा बोल्दै चलचित्रकी नायिका अन्ना शर्माले चलचित्रलाई आम दर्शकले निकै मन पराउनेमा आफु ढुक्क रहेको बताइन् । नायिका अन्ना शर्माको आमा रचना गुरुङ् शर्मा पनि उपस्थित भएकी थिइन् ।

होस्टेल जस्तो सफल चलचित्र निर्देशन गरेका निर्देशक हेमराज वीसीले निर्देशन गरेको चलचित्र जेरीलाई मनोज शेरचनको निर्माण गरेका हुन् । सम्राटप्रसाद गौचनको लेखन, शैलेन्द्र कार्कीको छायांकन रहेको फिल्ममा अनमोल र अन्नाका अलावा अभिषेकमान शेरचन, एस शमशेर लगायतका कलाकारको अभिनय छ । जेरी फाल्कोन पिक्चर्सको ब्यानरमा तयार भएको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu