‘हमजाएगा’द्वारा एक लाख सहयोग



humjayega

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
मङ्सिर ५ गते देशभर एक साथ प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘हमजाएगा’ युनिट यति बेला आफ्नो प्रचार-प्रसारलाई आक्रमक बनाइरहेको छ । प्रदर्शनको तयारीमा रहेको बेला चलचित्र युनिट समाजसेवा काम तर्फ पनि हात अगाडी बढाएको छ ।

चलचित्रले नोभेम्बर १ तारिखका दिन अमेरिकामा गरिएको चलचित्र प्रिमियरबाट संकलन भएको रकम मध्येको एक लाख रुपैयाँ पोखराको ‘किदास अर्गनाइजेशन’ लाई सहयोग गरेको छ । बिहिबार राजधानीमा एक कार्यक्रमका बीच संस्थाका प्रतिनिधि गौरव जंग रानालाई मुनाल फिल्म्सका प्रमुख भोज गुरुङ, निर्देशक सुरेन्द्र पुन र सुर्य बोलनले सयुक्त रुपमा हस्तान्तरण गरेका छन् ।

‘किदास अर्गनाइजेशन’ संस्था सडक बालबालिका, श्रमिक कठिनाइ र यौन शोषणमा परेकालाई उद्दार गरी शिक्षा, स्वास्थ र सुरक्षामा सहयोग गर्दै आएको छ । सहयोग रकम ग्रहण गरे पछी किदासाका प्रतिनिधि रानाले सामाजिक सस्थामा चलचित्र उद्योग बाट पहिलो पटक सहयोग प्राप्त भएको र आगामी दिनहरुमा पनि सहयोगको खाचो रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu