चर्चित निर्देशक आलोक नेम्वाङ्द्वारा आत्महत्या



Alokठुलोपर्दा डटकम, काठमाण्डौ ।
चलचित्र तथा म्युजिक भिडियो निर्देशक आलोक नेम्वाङ्ले आत्महत्या गरेका छन् । बिहिवार साँझ गोंगबु-२ स्थित ग्राण्डी भिल्ला हाउजिङ्मा अवस्थित आफ्नै घरमा भर्‍याङ्गको रेलिङ्गमा झुण्डिएर आत्महत्या गरेको बताईएको छ ।

आत्महत्याको कारण खुलेको छैन । शुक्रवार बिहान शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टम हुने बताईएको छ ।

‘सानो संसार’, ‘कोही मेरो’ र ‘अझै पनि’ चलचित्रका निर्देशक नेम्वाङ्ले करीब आठ सय म्यूजिक भिडियो निर्देशन गरेका छन् । अन्तिम चलचित्र ‘अझै पनि’ फागुन १५ मा रिलिज हुँदैछ ।

आलोकले नविन के भट्टराईको ‘लाखौँ पटक मैले कोसिस गरें’ बोलको गीतको भिडियो बनाएर आफ्नो निर्देशन यात्रा प्रारम्भ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu