‘एउटा साथी’ र ‘सरी ल’ देशैभर रिलिज, मोफसलमा ‘टुल्के’



ठुलोपर्दा डटकम, काठमाण्डौ ।
यो साता अलनेपाल दुई चलचित्र प्रदर्शनमा आएका छन् भने मोफसलमा मात्र एक चलचित्र प्रदर्शनमा आएको छ । अलनेपाल रिलिजमा रंग पत्रकार लक्ष्मण सुवेदीले निर्देशन गरेको चलचित्र ‘एउटा साथी’ र ऋषि लामिछानेले निर्देशन गरेको चलचित्र ‘सरी ल’ आएका छन् भने मोफसलमा निर्देशक निश्चल बस्नेतले निर्देशन गरेको चलचित्र ‘टलकजंग भर्सेज टुल्के’ प्रदर्शनमा आएको छ । ‘टुल्के’ अघिल्लो साता राजधानीमा रिलिज भएको थियो । ‘स्टुपिड मन’ र ‘लज्जा’को व्यापार राम्रो भएकोले मोफसलमा एक हप्ता पछि सरेको थियो ।

Euta-sathi

एउटा साथी
यस चलचित्रमा सलोन बस्नेत, रिस्ता बस्नेत, जोन तामाङ, शिशिर भण्डारी, अनु शाह, करिष्मा श्रेष्ठ, शोभित बस्नेत, नारायण पुरीलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको ‘खालि खालि थियो मन’ र ‘शीतल पवनलाई सोधन’ बोलका गीतले पनि सांगीतिक बजारलाई यसअघिनै आकर्षित गरिसकेका छन् । रोमान्टीक लवस्टोरीमा कमेडी कथामा निर्मित ‘एउटा साथी’ले युवाको विषय उठाउन खोजेको छ । सुशील पंगेनीद्धारा लिखीत चलचित्रका निर्माता रामचन्द्र खनाल हुन् । जसमा टंक बुढाथोकीको संगीत, रामजी लामिछाने र गम्भीर विष्टको नृत्य, राजेन्द्र खड्गीको द्धन्द्ध तथा सुमन तण्डुकार एवम् गणेशकुमार श्रेष्ठको छायांकन छ ।

sorry-la

सरी ल
ऋषी लामिछानेको निर्देशनमा निर्माण भएको चलचित्र ‘सरी ल’लाई अञ्जु केसीले प्रस्तुत गरेकी हुन् । चलचित्रमा सुवास थापा, अनिता आचार्य, राजन खतिवडा लगायतका कलाकारको मुख्य भूमिका छ । त्रिकोणात्मक प्रेम कथामा आधारित यो सिनेमालाई कृष्णबहादुर महर्जनले निर्माण गरेका हुन् ।

talak

टलकजंग भर्सेज टुल्के
‘टलकजंग भर्सेज टुल्के’लाई रविन्द्र सिंहले निर्माण गरेका हुन् । लुट जस्तो सफल चलचित्र निर्देशन गरेका निर्देशक निश्चल बस्नेतलले निर्देशन गरेको चलचित्र टलकजंग भर्सेज टुल्केले गुमेको पहिचानको लागि संर्घष गरेको युवाको कथा र १० बर्षे द्वन्द्वकालिन प्रसंग उठाउँछ । यस चलचित्रमा खगेन्द्र लामिछाने, दयाहांग राई, ऋचा शर्मा, प्रकाश घिमिरे, सुशांक मैनाली, रबिन्द्र सिंह बानिया लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu