को हुन आलोक नेम्वाङ ?



Alokठुलोपर्दा डटकम, काठमाण्डौ ।
ओठमा कहिले पनि रिस नहुने, सँधै मुस्कुराई रहने, सबै सँग नम्र व्यबहार गर्ने चर्चित निर्देशक आलोक नेम्वाङ अब हामीबाट टाढा भएका छन् । ओठमा सधै मुस्कान देखिरहेता पनि वास्तविक जीवन भित्र कस्तो भइरहेको छ अरु कसले पो अन्दाज लगाउन सक्छ होला र ? हो उनीलाई पनि त्यस्तै भएको रहेछ । सबैले हाँसेको मात्र देख्ने आलोकलाई आफ्नै जिन्दगी कति सम्म दिक्दार लागेको रहेछ त्यो त आत्महत्याको घटनाले नै बुझाउँछ । आज उनी हामी सबैको आँखामा आँसुका बर्षा छोडेका गएका छन् ।

अमेरिकामा पढेर आएपछि आलोक काठमाण्डौको सोल्टीमोडमा बस्दै आएका थिए । उनले सुरुवातमा ईमेज च्यानलबाट आफ्नो कामको सुरुवात गरेका हुन् । १७ बर्ष अगाडि उनले पहिलो पटक ‘लाखौँ पटक मैले कोशिश गरेँ’ बोलको गीतको म्यूजिक भिडियो निर्देशन गरेका थिए । नबिन के. भट्टराईको आवाज रहेको यो भिडियो चर्चामा रहेको थियो । उनि विगत चार महिना देखि गंगबु-२ स्थित ग्राण्डी भिल्ला हाउजिङमा बस्दै आएका थिए ।

नेम्वाङ्ले करीब आठ सय म्युजिक भिडियोको निर्देशन गरिसकेका छन् । उनको निर्देशकिय क्षमतालाई सबैले तारिफ गर्दछन् । अमेरिकामा ६ बर्षपर्फमङ आर्ट, थ्रिएटर, सिनेमा र कोरियोग्राफी विषयको कोर्स गरेर फर्किएका आलोक एउटा कुसल कोरियोग्राफर पनि हुन । लिम्वू भाषाको चलचित्र नुमाफूङमा अभिनय समेत गरेका निर्देशक नेम्वाङ ३५ बर्षका थिए । अबिवाहित नेम्वाङ सवैसँग नम्र व्यबहार गर्ने, झर्केर नबोल्ने तथा मिजासिलो स्वभावका थिए ।

‘सानो संसार’ निर्देशन गर्दै उनले चलचित्र निर्देशनमा हात हालेका थिए । त्यसपछि ‘कोहि मेरो’ चलचित्र निर्देशन गरेका उनले खासै सप॥ता हासिल गर्न नसकेपछि करिब ५ बर्षको अन्तरालमा ‘अझै पनि’ चलचित्र निर्देशन गरेका थिए । ‘अझै पनि’ ऊागुन १५ मा रिलिज हुने क्रममा छ ।  नेपाली चलचित्र क्षेत्रमा नायिका नम्रता श्रेष्ठ, कर्मा, विनय श्रेष्ठ लगायतका कलाकारलाई आलोकलेनै चलचित्र ‘सानो संसार’बाट भित्राएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu