शुक्रबारे फिल्म: कस्लाई घाटा ?



friday

अपिल त्रिपाठी, पोखरा ।
यो शुक्रबार तिन वटा नेपाली फिल्म रिलीज हुँदैछन । ‘सरी ल’ र ‘एउटा साथी’ देशभर लाग्दैछन भने अघिल्लो साताबाट काठमाडौ उपत्यकामा प्रदर्शनमा आएको ‘टलकजंग भर्सेस् टुल्के’ले यही शुक्रबार बाट मोफसलको रिलीज यात्रा तय गर्दैछ । यहाँ सिनेमा जुध्नु नौलो बिषय त होइन, यद्यपि पछिल्लो केही महिना सिनेमाको जुधाई केही घटेको महशुस गरीएको थियो ।

हिन्दी फिल्म ‘हृयाप्पी न्यु इयर’, नेपाली फिल्महरु ‘लज्जा’ र ‘स्टुपिड मन’ले ठिकठाकको ब्यापार गरेपछि कार्तिक १४ बाट ‘एउटा साथी’ ब्याक भएर कार्तीक २१ मा आउदा ‘टलकजंग भर्सेस् टुल्के’ले पनि कार्तिक १४ मा मोफसल रिलीज एक साता पर धकेलेको थियो ।

‘टलकजंग भर्सेस् टुल्के’ र ‘एउटा साथी’ एक साता ब्याक भएपनि कार्तिक २१ यी दुबैको लागी सहज हुनेछैन । ‘टुल्के’ र ‘एउटा साथी’ एक साता पर धकेलिँदा कार्तीक २१ मा सिंगल रिलीजको आश गरीरहेको ‘सरी ल’लाई अन्य दुइ फिल्मसँग प्रतिषपर्धा गर्नुपर्ने बाध्यात्मक स्थिती आइलागेको छ ।

‘हृयाप्पी न्यु इयर’ र नेपाली फिल्म ‘लज्जा’ले तेस्रो हप्तामा पनि कायम राख्ने केही हलहरुको होल्ड ओभरले यो शुक्रबारका फिल्मलाई थप समस्या पार्नेछ । यसरी फिल्महरुले पाउने पर्दा सङ्ख्याले यो शुक्रबारका सवै फिल्म लाई लगानी रिकभरमा स्पष्ट चुनौति खडा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu