आलोकको वियोगमा रसाए आँखा



Alok-1

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
“राम्रो मान्छे थिए, कसैलाई पनि नराम्रो बोली अहिले सम्म बोल्न जानेनन्, कसै सँग रिसराग भन्ने थिएन, सधै हाँसी रहन्थे, सबै सँग नम्र व्यबहारले बोल्थे” शुक्रवार आलोकलाई जान्ने प्रत्येकको मुखबाट निस्किएको ममस्पर्शी आवाज हुन् हुन् यि । यो भावपुर्ण आवाज सुन्ने आँफै थिएनन् आलोक ।

Alok-3

दिउसो काठमाण्डौको प्रज्ञा भवनमा उनिप्रति श्रदाञ्जली दिईएको छ । शुक्रबार मध्यान्ह टिचिङ अस्पताल महाराजगञ्जबाट पोष्टमार्टम गरेपछि उनको शव प्रज्ञा भवनमा श्रद्धान्जलीका लागी राखिएको थियो । मानिस मानिस बन्छ आफ्नो व्यवहारले अनि उसले सम्मान पाउँछ आफ्नो कर्मले । आज प्रज्ञा प्रतिष्ठानमा उनका लागि आँशु झार्ने धेरै देखिए ।

Alok-6
बिहिबार राति ८ बजे ग्रयाण्डी भिल्ला हाउजिङ स्थित आफ्नै निवासमा झुन्डिएर आत्महत्या गरेका निर्देशक आलोक नेम्वाङको पार्थिव शरीरलाई राजनितिज्ञ सुचना तथा संचार मन्त्रि डा.मिनेन्द्र रिजाल र सभामुख सुवास नेम्वाङले समेत श्रद्दाञ्जली दिएका छन् ।

Alok-2

आलोकलाई अन्तिम श्रद्धाञ्जली दिन चलचित्रकर्मीहरु करिश्मा मानन्धर, सुष्मा कार्की, आनन्द कार्की, दीपाश्री निरौला, सुनिल कुमार थापा, झरना थापा, संचिता लुइटेल, केकी अधिकारी, नन्दिता केसी, रिमा विश्वकर्मा, बाबु बोगटी, दीपकराज गिरी, प्रियंका कार्की, नम्रता श्रेष्ठ, मलिना जोशी, जीवन लुइटेल, आर्यन सिग्देल पुगेका थिए ।नेपाली चलचित्र क्षेत्रका निर्देशक, निर्माता, प्राविधिक, गायक, गायिका, संगीतकार, पत्रकार पनि प्रज्ञा पुगेका थिए ।

Alok-4

Alok-5

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu