मलिनाको हातमा ‘दी वीनर’, गदैंछिन् दोस्रो फिल्म



malina-joshi

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नायक राजबल्लभ कोइराला सगँ चलचित्र ऋतुमा अभिनय गरेकी नायिका मलिना जोशीलाई अर्को फिल्म हात परेको छ । २०११ की मिस नेपाल भएकी मलिना अब दोस्रो फिल्म दी वीनरमा देखिने भएकी छिन् ।

नेपाल र अष्ट्रेलियामा छायाँकन हुने भनिएको उक्त दी वीनरमा मलिना मुख्य भुमिकामा देखिन लागेकी छिन् । ६० लाख माथिको बजेटमा निर्माण हुन लागेको चलचित्र दी वीनरको छायांकन यहि साता देखी काठमाडौं आसपासबाट सुरु हुने निर्माण पक्षले बताएको छ । केहि दिन अगाडी काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उक्त कुरा बताइएको हो ।

कन्टेम्पोररी एक्सनलाई समावेश गरेर निर्माण हुन लागेको उक्त फिल्ममा मलिना भर्षटायल रोलमा देखिने बताईएको छ । फिल्मलाई हिकमत बिष्टले निर्देशन गर्नेछन् । फिल्ममा मलिना जोशी, महेशमान श्रेष्ठ र मञ्चिन शाक्य प्रमुख भूमिकामा देखिने छन् । सो फिल्मका लागि अमित श्रेष्ठले संगीत तयार गरेका छन् भने नृत्य कविराज गतहतराज र छायाँकन पुरुषोत्तम प्रधानको रहने छ । दी वीनर डायमण्ड स्टार फिल्मस् ईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu