कान्छा निर्देशक भन्छन्, ‘फिल्म त ट्रेलर भन्दा पनि राम्रो छ’ | भिडियो



saugat

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
मंसिर २६ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र ‘लब यू बाबा’को अफिसियल ट्रेलर रिलिज भएको छ । ८ बर्षिय निर्देशक सौगात विष्टले निर्देशन गरेको यस चलचित्रको ट्रेलरमा माया, प्रेम, द्वन्द्व सबै पक्षलाई देखाईएको छ । ट्रेलरको अन्त्यमा निर्देशक बिष्टले चलचित्र ट्रेलर भन्दा पनि राम्रो रहेको बताएका छन् ।

ट्रेलरमा गजित विष्ट, अशिष्मा नकर्मी, निर्मल शर्मा, संगम बिस्ट, निश्मा घिमिरे लगायतका कलाकारहरुलाई देख्न सकिन्छ । चलचित्र ‘लब यू बाबा’ले एउटी आमा नभएकी बालिका जसलाई आमाको अभाव हुन नदिन आफ्ना बाबाले गरेको संघर्ष लार्इ समेटेको छ ।

चलचित्रमा गजित बिस्टको कथा र गम्भीर बिस्टको पटकथा तथा संवाद रहेको छ । चलचित्र ‘लब यू बाबा’लाई दिव्यराज सुबेदीले खिचेको हुन् । चलचित्रमा प्रितम पाण्डेको सम्पादन, सत्य-स्वरूप, डेनी निरौला, दिपक शर्मा र प्रदिप बास्तोलाको संगीत रहेको छ भने कृष्णहरि बराल, शान्तिप्रिय, चन्द्रमणी भट्टराई, प्रदीप वास्तोलाले गीत लेखेका छन् ।

चलचित्रका कास्टिङ डाइरेक्टर पत्रकार शान्तिप्रिय रहेका छन् भने अर्का पत्रकार सुब्रत आचार्य पनि अतिथी भुमीकामा देखा परेका छन् । त्यस्तै कलाकार अनु शाह पनि चलचित्र ‘लब यू बाबा’मा अतिथी भुमिकामा देखिएकी छिन् ।

ट्रेलर हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu