कान्छो निर्देशकसँग ‘कान्छी मट्याङ ट्याङ’



kanxi

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
मंसिर २६ गतेबाट देशभर प्रदर्शनको मिति सार्वजनिक गर्दै कमेडी चलचित्र ‘कान्छी मट्याङ ट्याङ’ले चलचित्रको २ वटा गीत र एउटा ट्रेलर सार्वजनिक गरेको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गदैं चलचित्र युनिटले मंसिर २६ गतेलाई आफ्नो प्रदर्शन मिति बनाएको छ ।

हाँस्य कलाकार पुरन थापाले निर्देशन गरेको चलचित्रमा जयकिशन बस्नेत, लक्ष्मी गिरी, राजाराम पौडेल, पुरन थापा, सारिका केसी लगायतका कलाकारहरुको अभिनय छ भने अतिथि भुमिकामा गजित बिष्ट र अनु शाह देखिएका छन् । पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्देशक तथा लेखक पुरन थापाले चलचित्र नारी प्रधान बिषयमा निर्माण भएका कारण चलचित्रलाई दर्शकले मन पराउनेमा विस्वाश व्यक्त गरे ।

चलचित्रमा कमेडीका साथ साथै चलचित्रको कथा वस्तुले सन्देश पनि दिने बताउदैं निर्देशक थापाले एक पटक चलचित्रहलमा गएर चलचित्र ‘कान्छी मट्याङ ट्याङ’ हेरिदिन समेत आग्रह गरेका छन् । त्यस्तै कार्यक्रममा बोल्दै हाँस्य कलाकार राजराम पौडेलले पुरनले निर्देशन गरेको चलचित्र कहिले नराम्रो हुनै नसक्ने दाबी गरे । त्यस्तै कार्यक्रममा बोल्दै चलचित्रका मुख्य पात्र कलाकार जय किशन बस्नेतले चलचित्र ‘कान्छी मट्याङ ट्याङ’ आफुले सोचेको भन्दा पनि राम्रो बनेको बताए ।

चलचित्रमा कमेडी,रोमान्स,द्धन्द्ध सबै देख्न पाइने बताउँदै बस्नेतलले चलचित्र हेरिरहँदा कहिले पनि खिन्न महशुस नहुने बताए । चलचित्रमा टंक बुढाथोकी र विकास चौधरीले संगीत भरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu