११ औँ दिनको पुण्यतिथीमा आलोकलाई श्रद्धाञ्जली



alok-nembang

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
धापासीको ग्राण्डी भिल्ला स्थित आफ्नै निवासमा झुन्डिएको अवस्थामा फेला परेका चर्चित निर्देशक आलोक नेम्वाङको निधन भएको सोमवार ११ दिन भएको छ । सबैका मायालु आलोक आज सबैलाई छोडेर गएपनि उनका अनगिन्ती कुराहरु हजारौं हजार मनहरुले सम्झिरहेका छन् ।

सोमवार राजधानीमा नेपाल चलचित्र प्राविधिक संघले ११ औँ दिनको पुण्यतिथिमा एक श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्‍यो । कार्यक्रममा उपस्थित सबैले स्व. आलोकलाई सम्झिए । उनको आत्माको चिर शान्तिको कामना गरे ।

कार्यक्रममा आलोकका भिनाजु विजय लामा सहित नायिका नम्रता श्रेष्ठ तथा अन्य कलाकारहरु साथै चलचित्र निर्माता, निर्देशक, सञ्चारकर्मी र आलोकका शुभचिन्तकहरु पुगेका थिए ।

स्व. नेम्वाङले निर्देशन गरेको अन्तिम चलचित्र ‘अझै पनि’ फागुन १५ गते देशभर प्रदर्शनको तयारीमा रहेको छ । यसै चलचित्रकी निर्मात्री पुनम गौतम पनि उक्त कार्यक्रममा सहभागि हुँदै आलोकलाई श्रद्धासुमन अर्पण गरिन् । आलोकको चाहना अनुरुप नै चलचित्र रिलिज हुने जानकारी समेत गौतमले गराईन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu