जीवन र निताको ‘धुन’ चैत ६ गते



dhoon

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
सांगितिक प्रेम कथामा आधारित चलचित्र ‘धुन’ को अफिसियल फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । मंगलवार सार्वजनिक चलचित्रको फर्स्टलुक पोस्टरमा मुख्य कलाकार जीवन लुईंटेल, नीता ढुङ्गाना र मुकेश ढकाललाई प्रमुखताका साथ देखाईएको छ ।

चलचित्रले सांगितिक प्रेम कथा बोल्ने भएकोले सार्वजनिक पोस्टरबाट समेत संगीत र प्रेमको भाव झल्किन्छ । तारा सितारा प्रोडक्शनको व्यानरमा तयार यो सिनेमालाई कृष्ण पौडेलले निर्देशन गरेका हुन् । ‘धुन’ कृष्णको डेब्यु निर्देशनमा तयार चलचित्र हो । मालती शाह प्रस्तुतकर्ता रहेको यो सिनेमामा सुशिल शाह, श्रेया दुलाल, बिनोद भट्ट र मधुसुदन ढकालको लगानी छ ।

यसैबीच चलचित्र ‘धुन’ चैत्र ६ गतेबाट दर्शकमाझ आउने भएको छ । चलचित्रको फर्स्टलुक पोस्टरसँगै सार्वजनिक गरिएको प्रदर्शन मिति अनुसार ‘धुन’ चैत्र ६ पछी दर्शकमाझ आउने निर्मात्री मालती शाहले बताईन् । रिलिजको उपयुक्त दिन चैत्र ६ नै देखेर रिलिजको मिति सार्वजनिक गरियो, मालतीले भनिन्, ‘आशा छ यस अघीका चलचित्रमा जस्तै ‘धुन’मा पनि दर्शकको साथ र समर्थन पाउनेछौं ।’ निर्माता मालती र सुशिलको लगानीमा यसअघी नै ‘लंका’ र ‘झोला’ दुई चलचित्र दर्शकमाझ आईसकेका छन् ।

जीवन लुईंटेल, नीता ढुङ्गाना, मुकेश ढकाल, श्रेया दुलाल, उमा वेवी, रमेश बुढाथोकी, सुरविर पण्डित, विकल्प शाह लगायतको अभिनय रहेको यो चलचित्रमा काठमाडौं तथा पर्यटकिय नगरी पोखराका मनोरम दृश्यहरु समावेश छन् । यो चलचित्रमा संगीत लक्की सिटौलाको तथा द्वन्द्व चन्द्र पन्तको रहेको छ, भने चलचित्रलाई बिरेन्द्र भट्टले खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu