नायिका केकी अधिकारीलाई कालो सुचिमा राख्ने बैंकको चेतावनी



keki

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
मंसिर ५ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र श्री ५ अम्बरेकी काली नायिका केकी अधिकारीलाई यति बेला तनाव सृजना भएको छ । पछिल्लो समयमा चलचित्रक्षेत्रमा राम्रो छवि बनाउदैं आएकी केकीलाई बैंकले पैसा तत्काल तिर्न ३५ दिने सुचना जारी गरेको छ ।

जानकारीमा आए अनुसार उनका बाबु बद्री अधिकारी र आमा लक्ष्मी अधिकारीको नाममा ऋण चुक्ता गर्ने ३५ दिने सूचनामा सिभिल बैंकले निकालेको छ । केकीका बाबु र आमाले घर कर्जा शिर्षकमा सिभिल बैंकको ताकेता विभागले उक्त सूचना मंसिर २ को नागरिक पत्रिकामा प्रकाशित गरेको हो ।

केकीकी आमा लक्ष्मी अधिकारीको नाममा रहेको काठमाडौं जिल्ला जोरपाटी गाविस वडा नं.६ सिट नं. १०२–१०३० कित्ता नं.१९३ को २२२.५३ वर्ग मिटर क्षेत्रफल रहेका जग्गा र सो जग्गामा बनेको घर धितो राखी कर्जा लिएको उल्लेख छ । जसमा केकी अधिकारी जमानीकर्ता छिन् । सिभिल बैंकले ३५ दिने सूचनाको व्यहोरामा घर कर्जा मार्फत लिएको रकम तिर्न पटकपटक मौखिक तथा लिखित ताकेता गर्दा समेत वेवास्ता गरेकोले ३५ दिने सूचना सार्वजनिक गरिएको उल्लेख गरिएको छ ।

बैंकले समयमा नै कर्जा चुक्ता नगरे बैंकिङ कसुर अनुसार ऋणी एवं व्यक्तिगत जमानीकर्तालाई समेत कालो सूचीमा राखिने व्यहोराको सूचना प्रकाशित गरेको हो ।
civil-keki

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu