सुदर्शन र पुजाको बिहेमा रत्यौली धमाका (भिडियो)



Ratyauli

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
स्व. आलोक नेम्वाङको निर्देशनमा बनेको अन्तिम चलचित्र ‘अझै पनि’को नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीत बिशेषगरी नेपालीहरुले बिवाहको मौसममा गाएर रमाईलो नृत्य प्रस्तुत गर्ने गीत ‘रत्यौली’ भाकामा तयार छ ।

चलचित्रका कलाकार सुदर्शन थापा र पुजा शर्माको बिहेमा ‘चमक चमक’ बोलको गीतमा चलचित्रकी अन्य कलाकार सुरक्षा पन्त, प्रमिला खनाल, मिथिला शर्मा लगाएतको आर्कषक नृत्य हेर्न सकिन्छ । राजन राज शिवाकोटीको शब्द, संगीत तथा मनिषा पोखरेल र रिता बुढाथोकीको स्वर रहेको यो गीतका कोरियोग्राफर स्व. नेम्वाङ् नै हुन् ।

चलचित्र अझै पनि फागुन १५ मा रिलिजको तयारीमा रहेको छ । सुदर्शन थापा प्रोडक्शन र पुनम इन्टरटेन्मेण्टको ब्यानरमा पुनम गौतम र सुदर्शन थापाले निर्माण गरेको चलचित्रमा सुदर्शन थापा, पूजा शर्मा, सुरक्षा पन्त, पुष्प खड्का, प्रमिला खनाल, विपना धिमाल, विशाल ढुंगाना लगायतका कलाकारले अभिनय गरेका छन् । नेपाली चलचित्रको पर्दामा मौलिकता र प्रेम पस्कन सिपालु निर्देशक नेम्वाङले ‘अझै पनि’लाई गाउँले परिवेशमा चित्रण गरेका छन् ।

गीत हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu