आर्यनको नाइकेलाई पिजी सर्टिफिकेट



Naaike

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
पहिलो पटक फरक भेषमा चलचित्रमा देखिन लागेको नायक आर्यन सिग्देल अभिनित चलचित्र नाईनेलाई सेन्सर बोर्डलले पिजी सर्टिफिकेट दिएको छ । आज बिहान सेन्सरका सदस्यहरुले चलचित्र हेरेपछि चलचित्र नाईकेलाई पिजी सर्टिफिकेट दिएको छ । अब चलचित्रलाई १६ बर्षमुनिका बालबालिकालाई अभिभावक साथमा मात्र हेर्न पाउनेछन् ।

चलचित्रका केहि एक्शन दृश्यका कारण चलचित्रलाई पिजी सर्टिफिकेट दिइएको बताईएको छ । मंसिर १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र नाईकेलाई नेत्र गुरुङले निर्देशन गरेका हुन् । चलचित्रमा आर्यन सिग्देल गुन्डा नाइकेको रुपमा देखा परेका छन् ।

चलचित्रमा आर्यनको अलवा सुरबिना कार्की, रेम बिक, बोधराज रेग्मी, विजय सेन्चुरी लगायतको पनि अभिनय छ । बिष्णु हमाल कार्यकारी निर्माता रहेका फिल्ममा जगदिश खनाल, नारायण खनाल, संगीता पराजुली, आनन्द क्षेत्रीले पनि लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu