अम्बरेले नसुनिएको कथा भन्छः दीपा बस्नेत



deepa-basnet

यतिबेला बजार, गाउँबस्ती तथा प्रवासमा समेत चलचित्र ‘श्री ५ अम्बरे’को चर्चा छ । देशबाट राजतन्त्र हटेको केहि बर्ष भईसक्दा एक्कासी ‘श्री ५’ सुन्दा सबैले लख काटेका थिए की यो कुनै राजावादी चलचित्र हो तर त्यो भ्रम यतिबेला हटिसकेको छ । चलचित्र प्रचारात्मक सामग्रीले त्यो भ्रम मेटाईदिएको छ । आफुलाई सबैको राजा ठान्ने एक युवकको कथा चलचित्रले बोल्ने बताईन्छ । मंसिर पाँच मा अल नेपाल रिलिज हुने यस चलचित्रकी निर्देशक हुन् ‘दीपा बस्नेत’ । यसअघि ‘अन्तराल’ निर्देशन गरेकी दीपाले अवार्ड समेत पाईसकेकी छिन् । उनै दीपासँग ठुलोपर्दा डटकमका जिवन पराजुलीले गरेको कुराकानीको सम्पादित अंशः

१. उत्कृट निर्देशनमा राष्टिय अवार्ड पाईसकेपछिको क्षण कस्तो थियो ?
चलचित्र दर्शकको लागि बनाएको थिएँ, राम्रो रेस्पोन्स भयो । ‘अन्तराल’ हेर्ने जति दर्शकले एकदमै मन पराइदिनु भयो । र पछि राष्ट्रिय चलचित्र अवार्ड पाँउदा पनि राम्रो कामको प्रसंशा हुँदो रहेछ जस्तो लाग्यो ।

२. पहिलो चलचित्रबाट अवार्ड पाउनुभो, दोश्रोले के गर्ला ?
कुनै पनि चलचित्र बनाउँदा एउटा अवार्डको लागि मात्रै सिमित रहेर काम गरिदैन । यो त समग्र दर्शकले मन पराउने खालको हुनु पर्छ । र मैले पनि त्यसै गरेकी छु । ‘श्री ५ अम्बरे’ एउटा राम्रो चलचित्र बनाउने प्रयास गरेका छौँ ।

३. ‘श्री ५ अम्बरे’ किन बन्यो ?
हाम्रो एउटा टिम छ र त्यो टिमले हरेक दुइ वर्षमा एउटा सामाजिक विषयवस्तुको उठान गरिएको राम्रो चलचित्र लिएर दर्शक माझ आउने सोच राखेको छ । र त्यसै अनुरुप ‘श्री ५ अम्बरे’ पनि बनेको हो ।

४. अम्बरेका पात्रको चर्चा गर्नुपर्दा ?
‘श्री ५ अम्बरे’ चलचित्रमा अम्बरेको मुख्य भुमिकामा सौगात मल्ललाई देख्न सकिन्छ त्यसै गरी कालीको भुमिकामा केकी अधिकारीलाई देख्न सकिन्छ । र अम्बरेको सपनाकी राजकुमारीको भुमिकामा प्रियंका कार्कीलाई चलचित्रमा हेर्न पाइन्छ । अन्य कलाकारको दमदार अभिनय चलचित्रमा देख्न सकिन्छ, जस्तैः विक्रम सिंह, सिर्जना अधिकारी, सरोज बस्नेत, दिवाज राई, अविरल अधिकारी, सफोला भटटराई ।

५. अम्बरेले दर्शकलाई के दिन्छ ?
पहिलो कुरा त मनोरञ्जन दिन्छ र साथसाथै हाम्रो समाजमा रहेको हामीले हरेक दिन देखेको तर हामीले महशुष गर्न नसकेको र एउटा नसुनिएको कथा पनि भन्छ ।

६. यसबाट अपेक्षा के छ ?
चलचित्रवाट एकदमै ठुलो अपेक्षा रहेको छ । पहिलो चलचित्र अन्तरालवाट पाएको सकरात्मक प्रतिक्रिया पनि कायमै राख्दै र सो चलचित्रवाट सिकेका धेरै कुरा पनि श्री ५ अम्बरेमा लागु गर्दै चलचित्र बनाएका छौं । त्यही भएर पनि अपेक्षा छ चलचित्र चल्छ ।

७. यो चलचित्र पछिको तपाईँका योजना ?
मेरो एउटा सपना छ हरेक दुई वर्षमा एउटा राम्रो चलचित्र बनाउने । ‘श्री ५ अम्बरे’ मेरो दोस्रो चलचित्र हो । यस पछि मैलै गर्ने प्रोजेक्ट पनि अगाडि बढिरहेको छ । आगामि चलचित्रको अनुसन्धान र लेखनको कार्य भैरहेको छ ।

८. कस्ता चलचित्र बनाउन मन पर्छ ?
म आँफुलाई एउटा समाजको अंश मान्छु, त्यसैले पनि म मेरो हरेक चलचित्रमा समाज भित्रैकै कथा भन्न मन पराउँछु । वाहिर नआएर तर समाजकै कथा व्यथा माथि चलचित्र बनाउन चाहान्छु किनकी चलचित्र समाजको दर्पण हो, यो मेरो बुझाइ हो ।

९. चलचित्र बारे कुनै शिक्षा ?
मेरो पढाइलाई अगाडि बढाउने एकदम रहर थियो र श्रीमानसंग सल्लाह गरे । म पढ्न चाहान्छु । उहाँले भन्नु भयो ठिक छ तिमी पढ्न चाहान्छौं भने चलचित्र निर्देशन को कोर्ष गर म तिमीलाई नेपालमा नभए इन्डियामा पनि पढाउँछु । सो धेरै कुरा नसोचिकन म माथी कसैले विश्वास गर्दैछ भने म किन नगर्ने । र मैलै पनि चलचित्र विषयमा नै पढ्ने निर्णय गरे र चलचित्रको पढाइ पछि पनि सम्पादकको रुपमा आँफुलाई निखारेर चलचित्रको निर्देशनमा लागेकी हुँ ।

१०. महिला निर्देशकलाई कस्ता चुनौती रहेछन् ?
मलाई लाग्छ निर्देशकको कुनै ‘जेन्डर’ हुँदैन । एउटा निर्देशकको काममा आइपर्ने चुनौतिहरु पुरुषलाई पनि आउँछन् र महिलालाई पनि आउँछन् । समस्या आए समाधान गरेर अगाडि वढ्नु पर्छ जस्तो लाग्छ । आज भन्दा केहि वर्ष अगाडि हरेक क्षेत्रमा महिलालाई काम गर्न गाह्रो थियो तर आज समय फेरीएको छ । आज यदि महिला आँफैमा आत्मविश्वासि भएर काम गर्छ भने उसलाई समाजका हरेक सदस्यले सहयोग गर्दछ ।
जब म चलचित्र क्षेत्रमा काम गर्छु भनेर लागे । त्यो वेला देखि नै मैलै आफुँलाई यस क्षेत्रका वारेमा धेरै भन्दा धेरै जानकारी राखेँ । मैलै आँफुलाई बलियो बनाएर चलचित्रसँग सम्बिन्धित सबै कुरा सिके । त्यसले पनि होला अरुको तुलनामा मलाई यस क्षेत्रमा काम गर्न सजिलो भयो । विवाहित महिला भएकोले मैलै मेरो घर, परिवार र बच्चालाई व्यवस्थित गरेर मात्र मैलै काम गर्न सक्छु । सो मैलै त्यही गरे । तर पनि हरेक पाइलामा समस्या र चुनौतिहरु आँउछन् र मलाई पनि आए । तर त्यसलाई मैले फेस गरेर अगाडि बढिरहेकी छु । र एक विवाहित महिलालाई घर वाहिरको काम गर्न परिवार र समाजको ठुलो सहयोग चाहिन्छ । मलाई यस क्षेत्रमा काम गर्न मेरो परिवारको हौसलाका साथै ठुलो सहयोग छ ।

११. तपाई पुरुष भन्दा के-के कुराले गर्दा अब्बल हुनुहुन्छ ?
म कुनै पुरुष भन्दा अब्बल छु की छैन मैलै मुल्यांकन गरेको छैन । मलाई मात्र यति थाह छ की म कामको पुजारी हुँ । म मेरा हरेक कामलाई इमान्दारीता पुर्वक गर्छु चाहे त्यो घरको काम हो चाहे चलचित्रको । त्यसैले मेहनत पुर्वक काम गर्ने मान्छेहरु वाट म प्रभावित हुने गर्छु ।

१२. अन्त्यमा ?
चलचित्र ‘श्री ५ अम्बरे’ हेरेर मलाई कमेन्ट गरिदिनुस् ताकी मेरा कमी कमजोरीहरुलाई सुधारेर म पुनः अर्को चलचित्र बनाउने छु ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu