अमेरिकामा मह जोडीलाई सम्मान



maha

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
केहि जनजाती महासंघका नेताहरुबाट अमे्रिकामा नै अपमान सहन बाध्य भएका चर्चित हाँस्य जोडि महजोडीलाई अमेरिकाको एक सस्थालले भब्य सम्मान गरेको छ । अमेरिकाको वासिङ्गटन डिसी महानगर क्षेत्रमा रहेका नेपाली समुदायको तर्फबाट नेपालका हाँस्य विधाका वरिष्ठ कलाकार मह जोडीलाई भब्य सम्मान गरिएको छ ।

अमेरिकाको बिभिन्न राज्यहरुमा मह जात्रा कार्यक्रम प्रस्तुति गर्दै अमेरिकाको अन्तिम चरणमा डिसी तथा म्यारिल्याण्डको बाल्टिमोरमा भएको मह जात्रा कार्यक्रम अपार सफलताको साथ सम्पन्न भएको छ । कलाकारलाई हौसला तथा मनोबल प्रदान गर्दै आफ्ना प्रिय कलाकारहरुलाई सम्मान स्वरुप सपरिवार साथ आएर कार्यक्रम स्थल खचाखच बनाई मह जात्रालाई अभूतपूर्व सफलता बनाई दिएका छन् ।

मह जात्रा कार्यक्रममा मह जोडी लगायत नेपाल बाटै आएका अन्य कलाकारहरुलाई पनि कलाकारहरुले स्थापना गरेको संस्था युनाईटेड नेपाल तथा डिसी वर परका संघ तथा संस्थाको तर्फबाट सम्मान गरिएको हो । मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यले तीन वटा प्रहसन गरेका थिए भने किरण केसी, शिवहरी पौडेल, बसुन्धरा भुसाल, मोहित आचार्य, मदन कृष्ण श्रेष्ठको छोरीको पहिलो दिन भन्ने गीत तथा छोरा यमन श्रेष्ठको दुई प्यारोडी गीतले वातावरण निक्कै तताएको थियो । कार्यक्रममा विभिन्न प्रहसनको साथै गीतहरु प्रस्तुत गरिएको थियो ।

भर्जिनियाबाट विजय थापाको सहयोगमा ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu