यमबुद्धको र्‍यापमा अन्तिम गीत छोड्दै शुक्रबारबाट अम्बरे (भिडियो)



ambare

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
मंसिर ५ गते अर्थात शुक्रबारबाट अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र ‘श्री ५ अम्बरे’को अन्तिम गीत रिलिज भएको छ । ’अतित का दिन’ नामक गीतमा यमबुद्धको स्वर रहेको छ । सार्वजनिक भिडियोमा यमबुद्धलाई नै देखाइएको छ ।

दिपा बस्नेतले चलचित्र श्री ५ अम्बरेलाई निर्देशन गरेकी हुन् । चलचित्रमा सौगात मल्ल, केकी अधिकारी, प्रियंका कार्की, बिक्रम सिंह, सिर्जना अधिकारी, यमबुद्ध, दिवाज राइ , मार्टिन खान, राज गोदाइली आदी कलाकारहरुको अभिनय देख्न सकिन्छ । यस चलचित्रमा कृष्णहरि बराल, कालीप्रसाद बाँस्कोटा, यम बुद्ध लगायतले गीत रचना गरेका छन् भने बसन्त सापकोटा, कालीप्रसाद बाँस्कोटा, बाबु बोगटी, तथा यम बुद्धले संगीत गरेका छन् ।

चलचित्रको गीतलाइ शिव परियार, यम बुद्ध, मिलन अमात्य, प्रह्लाद तिमल्सेना, सरिता वली, सनुप पौडेल र रत्न सुब्बा आदीले स्वर भरेका छन् । चलचित्रमा पार्श्र्व संगीत विनोद कुमार भुजेलको रहेको छ भने विनय अधिकारीले साउण्ड डिजाइन गरेका छन् । चन्दन दत्तको सम्पादन रहेको चलचित्रलाई गणेश श्रेष्ठले छायाँकन गरेका हुन् । चलचित्रलाई जिवनसाथी फिल्मस्को व्यानरमा टि.एन. आचार्य र दिपक आचार्य निर्माता रहेका छन् ।

गीत हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu