मिस अर्थमा प्रिन्साले जितिन् ‘इको ब्युटी भिडियो’ अवार्ड



prinsaaठुलोपर्दा डटकम, काठमाण्डौ ।
शनिबार फिलिपिन्समा हुन लागेको मिस अर्थ २०१४ को निर्णयक प्रतियोगितामा सहभागि हुनुअघि नै नेपाली सुन्दरी प्रिन्सा श्रेष्ठले महत्वपूर्ण उपलब्धि हासिल गरेकी छन् । प्रिन्साले प्रतियोगिता अन्तर्गत इको ब्युटी भिडियो टाइटल अवार्ड जितेकी छिन् ।

यो विधा अन्तर्गत उनलाई कन्टिनेन्टल विनर छनोट गरिएको थियो । जसका लागि प्रिन्साले एभरेष्ट पोटाटो प्यानकेक शीर्षकको प्रोजेक्ट प्रस्तुत गरेकी थिइन् । त्यसमा उनले हिमालय क्षेत्रका बासिन्दाको आर्थिकस्तर उकास्न इको टुरिजमले खेल्न सक्ने भूमिका चित्रण गरेकी थिइन् ।

यसैबीच मिस याहो ब्युटीअन्तर्गत अनलाइन भोटिङमा समेत प्रतिस्पर्धा गरिरहेकी प्रिन्साले उक्त विधामा सफल भए उत्कृष्ट १६ मा पर्नेछिन् । त्यसका लागि प्रिन्सालाई भोलि राति ८ बजेसम्म् भोटिङ गर्न सक्ने हिडेन ट्रेजरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu