जिन्दगीलाई रक्स बनाउन खोज्दा किन आँखामा आँशु ? (भिडियो)



rocks

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
पुष १८ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र जिन्दगी रक्सको नयाँ गीत रिलिज भएको छ । यसभन्दा अघि ‘लखर लखर’ बोलको गीत चलचित्र युनिटले सार्वजनिक गरेको थियो । लखर लखर दर्शकले निकै मनपराउका कारण यस गीतलाई पनि दशृकले अत्याधिक मनपराउने निर्माणपक्षले दाबी गरेको छ ।

हालै सार्वजनिक ‘थाहा छैन मलाई’ गीतमा चलचित्रका प्रायः सबै कलाकारहरु देखिएका छन् । गीतमा संजीत श्रेष्ठको स्वर तथा संगीत रहेको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा यति बेला चलचित्र जिन्दगी रक्स युनिटपनि आफ्नो प्रचार प्रसारका लागी देशदौडाहामा निस्किएको छ । १०० भन्दा बढि म्युजिक भिडियो निर्देशन गरिसकेका निकेश खड्काले निर्देशन गरेको पहिलो चलचित्र जिन्दगी रक्समा यूवायूवती र उनीहरुको रमाइलो यात्रालाई देखाउन खोजेको छ ।

चलचित्रमा अकेशा बिष्ट, सौरमराज तुलाधर, ऋचा शर्मा, सोनम पाख्रिन, प्रकृती श्रेष्ठ, राजेन्द्र खड्गी, मकन राई, विनोद मैनाली, विक्की पुलामी, हर्कराज घलान लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा सुजतासंगै वीरेन्द्र राज तुलाधरको लगानी रहेको छ । चलचित्रमा निरोज महर्जनको कथा, हरि हुमागाइँको छायांकन, निशान घिमिरेको सम्पादन छ । भी प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र जिन्दगी रक्समा वीरेन्द्रराज तुलाधरको लगानी रहेको छ ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu