आर्यन र केकी बने सर्वोत्कृष्ट, महशुसलाई ६ विधामा अवार्ड



aaryan

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नेपाली चलचित्रको उत्थान र विकासका निम्ति पत्रकारितामार्फत योगदान पुर्याउँदै आएको लोकप्रिय सिने मासिक ‘कामना’ले तीन दशक लामो यात्रा पार गरेपछि सिजी इन्टरटेनमेन्टको सहकार्यमा पहिलोपटक आयोजना गरेको ‘सिजी कामना फिल्म अवार्ड्स २०७१’बाट सर्वोत्कृष्ट नायकमा आर्यन सिग्देल र सर्वोत्कृष्ट नायिकाको रुपमा नायिका केकी अधिकारीले अवार्ड हात पारेका छन् । दुवैलाई उत्कृष्ट बनाएको चलचित्र ‘महशुस’ले उत्कृष्ट चलचित्र र निर्देशक सहित ६ विधामा अवार्ड जित्न सफल भयो ।

mokshya

अवार्डमा कलाकारिता तर्फको ‘किर्तीमय दिर्घ योगदान’बाट हरिप्रसाद रिमाललाई नगद १ लाख सहित सम्मान, प्राविधिक तर्फको ‘किर्तीमय दिर्घ योगदान’बाट बैकुण्ठमान मास्केलाई नगद १ लाख सहित सम्मान, संगीतर्फको क्रिटिक्स अवार्ड हरी लम्साल, फेशनतर्फको क्रिटिक्स अवार्ड मुक्ता श्रेष्ठ र थिएटर तर्फको क्रिटिक्स अवार्ड प्रविण खतिवडालाई प्रदान गरियो । जुरी अवार्डबाट भने चलचित्र ‘अन्तराल’ पुरस्कृत बन्यो ।

award-winner

सिजी कामना फिल्म अवार्ड्स २०७१ मा नेपाली चलचित्र क्षेत्रका कलाकार, पत्रकार, चलचित्रकर्मी लगायतको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा दिवंगत भएका कलाकारहरुलाई श्रद्धाञ्जली व्यक्त गर्दै स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको तस्विर अगाडी दियो बालेर श्रद्धाञ्जली दिएका थिए भने शिव श्रेष्ठ, भूवन केसी, रमेश उप्रेती र बाल कलाकार अनुभव रेग्मी, नायिकाहरु करिश्मा मानन्धर, झरना थापा, गौरी मल्ल, ऋचा शर्मा, नम्रता सापकोटा र बाल कलाकार सुज्ञानी भट्टराइले नृत्य प्रस्तुत गरेका थिए ।

सिजी कामना फिल्म अवार्ड्स २०७१ का विजेताहरु:
१.उत्कृष्ट श्रृङ्गार : निमा लामा (धन्दा)
२. उत्कृष्ट साउण्ड डिजाइनर : उत्तम न्यौपाने (मौन)
३. उत्कृष्ट छायांकार : हरी हुमागाँइ (होस्टेल)
४.उत्कृष्ट सम्पादक : सुरेन्द्र पौडेल (होस्टेल)
५.उत्कृष्ट द्वन्द्व : सूर्य थोकर (लभ फरेभर)
६. उत्कृष्ट ब्याकग्राउन्ड स्कोर स् रोहित शाक्य (मौन)
७. उत्कृष्ट नृत्य : कविराज गहतराज (काली)
८. उत्कृष्ट कथा : प्रविण श्रेष्ठ (मोक्ष)
९. उत्कृष्ट पटकथा : नवल नेपाल (महशुश)
१०. उत्कृष्ट संवाद : राजन कठायत र प्रज्ञान थापा (मोक्ष)
११. उत्कृष्ट नव–नायिका : प्रकृती श्रेष्ठ (होस्टेल)
१२. उत्कृष्ट नव–नायक : कोशिश श्रेत्री (मोक्ष)
१३. उत्कृष्ट पाश्र्व–गायक : प्रेम परियार (नाइ नभन्नु ल २)
१४. उत्कृष्ट पाश्र्व–गायिका : रजिना रिमाल (नाई नभन्नु ल २)
१५. उत्कृष्ट हाँस्य कलाकार : विल्सन विक्रम राई (प्रोड्यूसर)
१६. उत्कृष्ट खलपात्र : मनोज आर.सी (मधुमास)
१७. उत्कृष्ट बाल–कलाकार : अनुभव रेग्मी (नाई नभन्नु ल २)
१८. उत्कृष्ट नव–निर्देशक : प्रविण श्रेष्ठ (मोक्ष)
१९. उत्कृष्ट गीतकार : डाक्टर कृष्णहरी बराल (नाई नभन्नु ल २)
२०. उत्कृष्ट संगीतकार : गैरे सुरेश (नाई नभन्नु ल २)
२१.उत्कृष्ट सह–अभिनेत्री : वेनिशा हमाल (महशुश)
२२. उत्कृष्ट सह–अभिनेता : गौरव पहारी (होस्टेल)
२३. उत्कृष्ट अभिनेत्री : केकी अधिकारी (महशुश)
२४.उत्कृष्ट अभिनेता : आर्यन सिग्देल (महशुश)
२५. उत्कृष्ट निर्देशक : नवल नेपाल (महशुश)
२६. उत्कृष्ट चलचित्र (महशुश)

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu