‘लभ यू बाबा’ हेर्दा-हेर्दै सेन्सर सदस्यका आँखा भरी आँशु



love-you-baba-censer

ठुलोपर्दा डटकम, काठमाण्डौ।
सबैले गहभरी आँसु पारेर भन्दै थिए ‘हामीले कल्पना पनि गरेका थिएनौ ८ बर्षिय बालकले यस्तो मर्मस्पर्शी फिल्म पनि निर्देशन गर्छ भनेर’ । मंगलवार बिहान सेन्सर बोर्डका सदस्यहरु एक चलचित्र हेरेर भक्कानिए । निर्देशकलाई काखमा लिए, खुशीले गद्गद् भए, चुम्बन गरे, बधाईको बर्षात भयो ।

आठ बर्षिय निर्देशक सौगात बिष्टको निर्देशनमा बनेको चलचित्र ‘लभ यू बाबा’ले मंगलबार युनिभर्सल सर्टिफिकेट पाएको छ । चलचित्र हेर्दा हेर्दै बोर्ड सदस्यहरुले मन थाम्न सकेनन् । ‘पहिलो भागले रमाईलो बनायो, दोश्रोले आँखालाई सुख दिएन’ बोर्ड सदस्य शुरेस दर्पण पोखरेलले ठुलोपर्दा डटकमसँग कुरा गर्दै भने । चलचित्रका कलाकार तथा सौगातका बुबा गजित विष्टले सेन्सरका सदस्यहरुले गहभरी आसु पारेको बताउदैं विष्टले सेन्सर बोर्डका सदस्यहरुले चलचित्र अत्याधिक मनपराएको बताए ।

love-you-baba-censer2

एउटी आमा नभएकी बालिका जसलाई आमाको अभाव हुन नदिन आफ्ना बाबाले गरेको संघर्ष लार्इ चलचित्रले समेटेको छ । चलचित्र मंसिर २६ मा रिलिज हुँदैछ । चलचित्रमा गजित विष्ट, अशिष्मा नकर्मी, निर्मल शर्मा, संगम बिस्ट, निश्मा घिमिरे आदिको मुख्य अभिनय रहेको छ ।

चलचित्रमा गजित बिस्टको कथा र गम्भीर बिस्टको पटकथा तथा संवाद, दिव्यराज सुबेदीको छायांकन, प्रितम पाण्डेको सम्पादन, सत्य-स्वरूप, डेनी निरौला, दिपक शर्मा र प्रदिप बास्तोलाको संगीत रहेको छ । अतिथी कलाकारको रुपमा अनु शाह पनि देखिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu