डि सिने अवार्डमा आर्यन र केकी उत्कृष्ट



aaryan-d-awards-2071

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
मंसिर १५ गते काठमाडौंमा आयोजना भएको कामना फिल्म अवार्डमा चलचित्र ‘महशुस’बाट उत्कृष्ट नायक-नायिका बनेका आर्यन सिग्देल र नायिका केकी अधिकारी बुधवार काठमाडौंमा आयोजना भएको डि सिने अवार्डबाट पनि उत्कृष्ट नायक-नायिका घोषित भएका छन् । चलचित्र महशुसबाट नै उनीहरु उत्कृष्ट नायक नायिका बन्न सफल भएका हुन् ।

विगत छ बर्ष देखी आयोजना गर्दे आइरहेको छायाँछवि क्रियशनले आयोजना गरेका डि सिने अवार्डमा चलचित्र नाई नभन्नु ल २ र ६ एकान ६ ले ५/५ विधामा अवार्ड हात पारेका छन् । समारोहमा क्रिटिक्स अवार्डबाट नायिकातर्फ नम्रता श्रेष्ठ, नायकतर्फ अर्पण थापा, छायांकारतर्फ संजय लामा, प्रोत्साहन अवार्डबाट फेशन डिजाइनर निलिमा शर्मा र पब्लिक च्वाइस अवार्ड चलचित्र ‘मोक्षका कलाकार कोशिश क्षेत्रीले प्राप्त गरेका छन् ।

all-d-awards-2071

काठमाण्डौको प्रज्ञा प्रतिष्ठानको हलमा आयोजना भएको अवार्ड समारोहमा ‘चलचित्रकर्मी रजत सम्मान’बाट अभिनेत्री मिथिला शर्मा र डिजाइनर सुन्दर श्रेष्ठलाई सम्मान गरिएको थियो । ‘छायाँछवि पत्रकारिता पुरस्कार’ चलचित्र पत्रकार विदुर गिरीलाई नगद ६ हजार ६ सय ६६ सहित प्रदान गरिएको थियो भने ‘जुरी अवार्ड’बाट चलचित्र ‘मौन’का निर्देशक सुरज भुषाल पुरस्कृत भएका थिए ।

डि सिने अवार्डका विजेताहरुः
१. उत्कृष्ट ध्वनि मिश्रण : दीप तुलाधर – प्रोड्युसर
२. उत्कृष्ट पार्श्र्व संगीत : एलिस कार्की – छ एकान छ
३. उत्कृष्ट द्वन्द्व निर्देशक : चन्द्र पन्त – लोफर
४. उत्कृष्ट नृत्य निर्देशक : शंकर वि.सी. – जव साँझ पर्छ – बितेका पल
५. उत्कृष्ट गीतकार : डाक्टर कृष्णहरी बराल – नाई नभन्नु ल २
६. उत्कृष्ट गायिका : दुर्गा परियार – महशुश
७. उत्कृष्ट गायक : प्रेम परियार – नाई नभन्नु ल २
८. उत्कृष्ट संगीतकार : वसन्त सापकोटा – नाई नभन्नु ल २
९. उत्कृष्ट नव नायिका : पुजा शर्मा – मधुमास
१०. उत्कृष्ट नव नायक : श्याम अर्याल – प्रोड्यूसर
११. उत्कृष्ट नव निर्देशक : प्रविण श्रेष्ठ – मोक्ष
१२. उत्कृष्ट खलपात्र : राजवल्लभ कोइराला – छ एकान छ
१३. उत्कृष्ट चरित्र अभिनय : शैलेश आचार्य – छ एकान छ
१४. उत्कृष्ट सह–अभिनेत्री : प्रियंका कार्की – नाई नभन्नु ल २
१५. उत्कृष्ट सह–अभिनेता : विल्सन विक्रम राई – प्रोड्यूसर
१६. उत्कृष्ट लेखन : दीपकराज गिरी – छ एकान छ
१७. उत्कृष्ट सम्पादन : विपिन मल्ल – बितेका पल
१८. उत्कृष्ट छायांकार : पुरुषोत्तम प्रधान – छ एकान छ
१९. उत्कृष्ट नायिका : केकी अधिकारी – महशुश
२०. उत्कृष्ट नायक : आर्यन सिग्देल – महशुश
२१. उत्कृष्ट निर्देशक : विकास आचार्य –नाई नभन्नु ल २
२२. उत्कृष्ट चलचित्र : (मोक्ष)

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu