आर्यन र हसनका अगाडी पल्लवी भन्छिन् ‘बदनाम हुन्छु की म’ (भिडियो)



ठुलोपर्दा डटकम, काठमाण्डौ ।
चलचित्र अलविदाको आइटम गीत रिलिज भएको छ । पुष २५ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र अलविदाको ‘हुन्छुकी म बदनाम’ बोलको सार्वजनिक गीतमा कलाकार पल्लवी भट्टको आर्कषक नृत्य देख्न सकिन्छ । पल्लवी सगैं सार्वजनिक आइटम गीतमा हसन खान, आर्यन सिग्देल लगायतका कलाकारहरु देखिएका छन् ।

गीतमा रोहन नेपालीको नृत्य निर्देशन, मनिषा पोख्रेलको स्वर, ताराप्रकाश लिम्बुको संगीत, नरेश भट्टराइको शब्द रहेको छ । चलचित्रले हिन्दु र मुस्लिम यूवा-यूवतीविचको कथा बोकेको बताईएको छ ।

अलबिदामा आर्यन सिग्देल, हसन खान, अनिता आचार्य लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्र अलविदालाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । एचआरके प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘अलबिदा’को कथा निर्माता समेत रहेका हसन खानले लेखेका हुन् ।

हेर्नुहोस् गीतः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu