सुवास थापा नायक कि खलनायक ? (भिडियो)



subas

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
पुष २५ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र तथास्तुको ट्रेलर रिलिज भएको छ । ट्रेलरमा नायिका रेखा थापासँगै नायकहरु सुवास थापा र किशोर खतिवडा पनि देखिएका छन् । ट्रेलर मात्र बिश्लेषण गर्दा नायक सुवास थापा खलनायक अवतारमा देखिएका छन् ।

ट्रेलरमा पनि नायिका रेखा थापालाई नै बढि प्राथमिकता दिदैं चलचित्रको निर्माणपक्षले ट्रेलर रिलिज गरेका छ । चलचित्र ‘तथास्तु’ रेखाको अलावा किशोर खतिवडा, सुवास थापा, विज्ञान जोशी लगायत कलाकारको मुख्य अभिनय रहेको छ । फिल्म पोष्ट प्रोडक्सनको अन्तिम चरणमा रहे पनि हेलिकप्टरको एक दृश्य भने यसै साता मात्रै खिचिएको थियो ।

चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व, रामजी लामिछाने र कविराज गहतराजको नृत्य, बसन्त सापकोटाको संगीत रहने चलचित्र ‘तथास्तु’छायांकन बाबु श्रेष्ठ र स्क्रिप्ट जगदिश्वेर थापाको रहेको छ । चलचित्रलाई रामहरी धितालले निर्माण गरेका हुन् ।

हेर्नुहोस् ट्रेलरः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu