सिभिल मलमा खुल्यो निलडेभिडको नयाँ सैलुन



nil-david-1

ठुलोपर्दा डटकम, काठमाडौं ।
नेपालका चर्चित हेयर स्टाइलिष्ट निलडेभिड कटुवालले राजधानीको सुन्धारास्थित सिभिल मलमा निलडेभिड युनिसेक्स सैलुन खोलेका छन् । एघारौं शाखाको रुपमा रहेको सैलुनको बिहीबार अभिनेत्री गौरी मल्लले रिवन काटेर पानसमा दियो बाल्दै शुभारम्भ गरिन् ।

मलको पहिलो तलामा रहेको शाखाको उद्घाटन पछि अभिनेत्री मल्लले निलडेभिडको कामबाट आफु प्रभावित भएको बताईन् । ‘उनले हेयर स्टाइलको क्षेत्रमा नयाँ सोच ल्याएका छन्, अब आफ्नो कलालाई फिल्म क्षेत्रमा पनि ल्याउन म सुझाव दिन्छु,’अभिनेत्री मल्लले भनिन्,’फिल्म क्षेत्रमा पनि हेयर स्टाइलको स्कोप राम्रो छ, त्यसलाई पुरा गर्न पनि निलडेभिड फिल्म क्षेत्रमा आउनुपर्छ ।’

कार्यक्रममा निलडेभिडले राजधानीका विभिन्न स्थानमा शाखा विस्तार गर्ने सोचाई अनुरुप आफुले सिभिल मलमा शाखा खोलेको खुलाए । ‘आम मानिसको चहलपहल बढी हुने भएको पनि मलमा शाखा खोलेको हुँ,’उनले भने,’हामी यहाँमार्फ महिला पुरुष दुवैलाई विभिन्न किसिमका हेयर स्टाइलका सेवा दिनेछौं ।’ निलले आफ्नो शैलुनको ब्राण्डलाई नेपालका प्रमुख शहरमा विस्तार गर्ने योजना रहेको पनि बताए ।

nil-david-2

कार्यक्रममा अभिनेता तथा निर्देशक निर्मल शर्मा, ‘अझै पनि’ की निर्मात्री तथा फेसन डिजाइनर पुनम गौतम, कोरियोग्राफर जयनसुब्बा मानन्धर, चलचित्र पत्रकार विदुर गिरीलगायतको उपस्थिति रहेको थियो ।

दिल्ली, थाईल्याण्ड, सिंगापुर, लण्डनमा हेयर स्टाइलको अध्ययन तथा लण्डनबाटै मेकअप आर्टिष्टको विषय अध्ययन गरेका निलले नेपालको काठमाडौं र झापाको बिर्तामोड तथा भारतको सिलिगुडीमा निलडेभिड हेयर सैलुन एण्ड एकेडेमी स्थापना गरेर विभिन्न उमेर समूहका युवायुवतीलाई हेयर स्टाइल सम्बन्धी प्रशिक्षण दिईरहेका छन् । नेपालका विभिन्न स्थानसँगै निलले भारतको पश्चिम बंगाल राज्यका सिलिगुडी, दार्जिलिङ, सिक्किम, गान्तोक, नाम्ची र कर्साङ् निलडेभिड युनिसेक्स सैलुनको शाखा यसअघि नै खोलिसकेका छन् । उनको शैलुनबाट करिब ३ सयजनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

nil-david-3

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu