फ्राईडे रिलिज: रंग बैजनी र नाईके



rang-baijani

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
१२ बर्षपछि निर्देशन कार्यमा फर्किएका निर्देशक शम्भु प्रधानले निर्देशन गरेको चलचित्र रंग बैजनी र चर्चित नायक आर्यन सिग्देल अभिनित चलचित्र नाईके आजबाट अलनेपाल रिलिजमा आएका छन् । यि दुवै चलचित्रलाई यति बेला विषेश नजरले हेरिएको छ । रंग बैजनीले उपत्यका बाहिर ५५ वटा हलमा प्रदर्शन हुने मौका पाएको छ भने उपत्यका भित्र १४ वटा हलमा प्रदर्शन हुने मौका पाएको छ ।

Naike

त्यस्तै चलचित्र नाईकेले उपत्यका बाहिर ३० वटा र उपत्यका भित्र ९ वटा हलहरुमा प्रदर्शन हुने बताइएको छ । चलचित्र नाईकेमा पहिलो पटक गुण्डा नाईकेको भुमिकामा नायक आर्यन सिग्देल देखिएका कारण पनि चलचित्र राम्रो हुन सक्ने धेरैले विश्वास काटेका छन् भने त्यस्तै चलचित्र रंग बैजनी एक महिला अर्को महिलाको दुस्मनी कसरी बन्छे भन्ने कथा बोकेका कारण चलचित्र रंग बैजनी पनि उत्कृष्ट रहेको धेरैले अडकल काटेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu