फागुनमा ठुलोपर्दामा आउँदै “रामकुमारी” झाँक्री



ramkumari

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
विद्यार्थी राजनीति हुँदै राजनीतिको मुल प्रवाहमा गहिरो भुमिका निर्वाह गरेकी नेत्री रामकुमारी झाँक्रीको जीवनीमा बनेको चलचित्र “रामकुमारी” छाँयकनको अन्तिम चरणामा पुगेको छ । नेपालको राजनीतिक इतिहासमा जुझारु महिला नेत्रीको रुपमा बाल्य अवस्थादेखिनै क्रियासील नेत्री झाक्रीको जीवन कथामा अधारित चलचित्रमा राजनीतिमक महत्वकांक्षा पालेकी युवतिको चरित्र प्रस्तुत गर्न खोजिएको निर्देशक सुर्यदिप रेग्मीले बताए ।

चलचित्रमा उनको राजनितीक आन्दोलन देखि अहिले सम्मका विषवस्तु समेटिए पनि चलचित्र विल्कुलै व्यबसायीक भएकोले झाँक्री भने पर्दामा नदेखिएको रेग्मीले प्रस्ट्याए । चलचित्रले झाँक्रीको संर्घषको कथा र बेथा बोलेपनि उनको विचारको प्रतिनिध्तव भने नगर्ने बताइएको छ । गुल्मी र काठमाडौंका विभिन्न स्थानहरुमा छायाँकन गरिएको चलचित्रमा विकास चौधरीको संगीत, रुषा श्रेष्ठको नृत्य तथा यम आलेको छायांकन रहेको छ ।

निर्देशक रेग्मी स्वयंमको लेखन रहेको “रामकुमारी”मा सारिका घिमिरे, विना थापा, भिमन गुरुङ र मेलिना कुँवरलगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । फागुनमा देश व्यापी प्रर्दशनमा आउने बताइएको चलचित्रमा शुभ सिनेमाज प्रालीको व्यानरमा निर्माण भएको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu