सलोन भन्छन्, ‘जिवनमा एउटा ट्याक्सी छुटे अर्को आउँछ’ (भिडियो)



Salon

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
पुष २५ गते देखी अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र आभाषको ट्रेलर रिलिज भएको छ । ट्रेलरमा संयम पुरी, सलोन बस्नेत, आश्मा डिसि र निशा अधिकारीलाई देखाईएको छ । यि सबै कलाकारको चलचित्रमा मूख्य भूमिका छ ।

चलचित्र सम्पादनबाट निर्देशक बनेका सुरेन्द्र पौडेलको डेब्यू निर्देशनमा बनेको ‘आभाष’मा सुनिल रावल र गोबिन्द शाहिको पनि अभिनय छ ।

अहिले सम्म आफुले निर्माण गरेका चलचित्र भन्दा चलचित्र आभाषले दर्शकलाई फरक स्वाद दिने बताएका निर्माता गोविन्द शाहीले लचित्रले युवा पुस्ताको प्रेम, खुसी, दुःखलाई मुख्य रुपमा उठाएको बताए । चन्द्र पन्तको द्वन्द्व निर्देशन रहेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।

ग्लसी पिक्चर्स र क्रियटीभ फिल्मको संयुक्त व्यानरमा निर्माण भएको चलचित्र आभाषलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।

हेर्नुहोस् ट्रेलरः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu