अनुपलाई फेरी एक पटक ‘च्यालेन्जिङ रोल’



how-funny

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नेपाली चलचित्र ‘हाउ फन्नी’को शनीवारदेखि मुहर्तसँगै छायांकन सुरु भएको छ । काठमाण्डौको बनस्थलीमा रहेको एभेरेस्ट चाइल्ड केयर होममा मुहर्तसँगै पहिलो सट लिईएको छ । पहिलो छायांकन निशा अधिकारीबाट सुरु भएको छ ।

कथामा निशा एक धनी बाउकी छोरी हुन्छिन् । शनीवारको छायांकनमा विद्यार्थीलाई मसलन्द सामग्री प्रदानको दृश्य थियो । त्यस्तै यस चलचित्रमा मुख्य भूमिकामा नायक अनुप बिक्रम शाहि रहेका छन् । यसअघि ‘हँसिया’ चलचित्रमा दिलिप बनेका उनि यसपटक कुमुद बन्दैछन् । ‘ जसरी म हसिया मा दिलिप भए यसबाट म कुमुद हुनेछु । निकै एक्साइटेड छु छायांकन सुरु भएको छ । मेरो लागि च्यालेन्जिङ रोल फेरी एक पटक’ अनुपले भने ।

यो चलचित्रलाई निलु डोल्मा शेर्पाले निर्देशन गर्दैछिन् । माल्भिका सुब्बा कार्यकारी निर्माता रहेको यो चलचित्रमा दयाहाङ राई, अनुप बिक्रम शाही, शिशिर राणा, निशा अधिकारी, केकी अधिकारी, प्रियंका कार्की लगाएतका कलाकारको अभिनय रहने छ ।

शान बस्न्यातको पटकथा तथा संवाद रहेको यो चलचित्रलाई हरि हुमागाईँले छायांकन गरिरहेका छन् । चलचित्र हाँस्यपरक रहने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu