गजित र निश्मा कहिलेदेखी प्रेममा ? (भिडियो)



gajit-nisma

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेको चलचित्र ‘लव यू बाबा’को नयाँ गीत रिलिज भएको छ । ‘सुसेलीको आवाजमा’ बोलको यस गीतमा नायक गजित बिष्ट र नायिका निश्मा घिमिरेलाई फिचरिङ् गरिएको छ । डेनी निरौलाको संगीत तथा चन्द्रमणी भट्टराईका शब्द रहेको यस गीतमा राजेश पायल राई र रजिना रिमालले स्वर दिएका छन् । कोरियोग्राफर गम्भिर बिष्ट हुन् ।

मंसिर २६ गते देशभर प्रदर्शनको तयारीमा रहेको यस चलचित्रमा गजित बिष्ट, संगम बिस्ट, निश्मा घिमिरे, अशिष्मा नकर्मी, बसन्त भट्ट, निर्मल शर्मा आदिको मुख्य भुमिका रहेको छ । एउटी आमा नभएकी बालिका जसलाई आमाको अभाव हुन नदिन आफ्ना बाबाले गरेको संघर्ष को कथालाई चलचित्रले समेटेको छ ।

गजित बिस्टको कथा र चलचित्रमा गम्भीर बिस्टको पटकथा तथा संबाद रहेको छ । चलचित्र ‘लव यू बाबा’लाई दिव्यराज सुबेदीले खिचेको हुन् । चलचित्रमा प्रितम पाण्डेको सम्पादन, सत्य स्वरूप, डेनी निरौला, दिपक शर्मा र प्रदिप बास्तोलाको संगीत रहेको छ भने कृष्णहरि बराल, शान्तिप्रिय, चन्द्रमणी भट्टराई, प्रदीप वास्तोलाले गीत लेखेका छन् । ‘लव यू बाबा’लाई सम्झना पोखरेल र रोशनी बज्राचार्यले संयुक्त निर्माण गरेका हुन् ।

गीत हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu