दरबारमार्गमा अन्तराष्ट्रिय स्तरको शुटिङ स्टुडियो



milan

ठुलोपर्दा डटकम, काठमाडौं ।
चलचित्र, म्युजिक भिडियो तथा फोटो सुट एकै थलोमा गर्न मिल्ने अवधारणाले राजधानीको दरबारमार्ग स्थित उडल्याण्ड मलमा ‘मिलान इन्टरनेशनल स्टुडियो’ सञ्चालनमा आएको छ । आईतबार एक कार्यक्रम आयोजना गरी यो स्टुडियोको बारे सञ्चारकर्मीलाई जानकारी गराईयो ।

चलचित्र एवम् म्युजिक भिडियो छायांकनका लागि दैनिक १५ हजार रुपैयाँ भाडामा विभिन्न स्टाईलको ड्रेस र बत्तिको सुविधासमेत उपलब्ध गराउने आयोजकका तर्फाट जानकारी गराईयो ।

सो स्टुडियोले अन्तराष्ट्रिय स्तरको फोटोग्राफीको अवधारणा पनि सुरु गरेको छ । जो कोहीले पनि फोटो सुट गर्नु पर्दा सबै किसिमका कपडा, मेकअप, हेयर स्टाईलको सेवा समेत यही प्रदान गरिने मिलन इन्टरनेशनलका निर्देशक सपन दुलालले जानकारी गराए ।

‘बाल बालिका, पौढ देखि जेष्ठ नागरिकसम्मका लागि मध्यनजर राखेर स्टुडियोले तीन सय जोर कपडा बनाएको छ । फोटो सेसन गर्दा चाहिने सबै प्रकारका पहिरन हामी नै उपलब्ध गराउँछौं ।’ निर्देशक दुलालले भने,’हाम्रो स्टुडियोमा ३६ प्रकारका दृष्यहरु समेटिएको ब्याकड्रप छ । हामीले फोटो सेसनका लागि क्यामेरापर्सन समेत दिल्लीबाट नै ल्याएका छौं ।’ स्टुडियोको ब्याकड्रप दृष्यहरु हरेक तीन महिनामा फर्ने गरेको पनि उनले बताए । मिलनले इन्डोर मात्र नभएर आउटडोर फोटो शेसन पनि गर्दै आएको दुलालले जानकारी गराए । हलिउड,बलिउडका अभिनेता अभिनेत्रीको स्टाईलमा मेकअप र पहिरन प्रयोग गरेर पनि आफ्नो स्टुडियोमा फोटो सेसन हुने गरेको उनले बताए ।

milan1

बहु उपयोगी स्टुडियो खेल्नुको कारण बारे यसका प्रवन्ध निर्देशक अनुप मैनालीले भने, ‘नेपालमा अन्तराष्ट्रिय स्तरको स्टुडियो नभएको गुनासो धेरैको थियो । सोही गुनासोलाई मध्यनजर राखेर हामीले यो स्टुडियो सञ्चालन गरेका हौं ।’ नेपालकै सबै भन्दा ठुलो एक हजार स्क्वाएर फिटको यो स्टुडियो रहेको पनि मैनालीले जानकारी गराए ।

काडमाडौंमा चलचित्र तथा म्युजिक भिडियोको लागि उपयुक्त स्टुडियो नभएको बेला ‘इन्डोर सुटिङ’को लागि मिलान इन्टरनेशन स्टुडियो सबैका लागि उपयोगी हुने मिलानका सञ्चालक निर्मल अधिकारीले बताए । विश्व बजारमा आएका नयाँ फेशनका ड्रेस समेत स्टुडियोले बेलायत, चीन, थाइल्याण्ड, भारत लगायतका मुलुकबाट मगाएर फोटो सुटको क्रममा प्रयोग गर्दै आएको पनि अधिकारीले जानकारी गराए । फोटो सुटको लागि ड्रेस मात्र हैन, दक्ष मेकअप आर्टिस्ट र फोटो सुट स्र्टाईलिस्ट समेत राखिएको पनि उनले बताए ।

नव दम्पतीका लागि मिलानले बिशेष फोटो सुट अभियान ल्याएको पनि सिंहले जानकारी गराए । यसरी गरिएको फोटो सुटमा अन्तराष्ट्रिय स्तरको फ्रेमिङमा सजाएर, एल्बम सजाएर तथा सिल्कको पोष्टरमा प्रिन्ट गरेर समेत दिने गरेको सञ्चालक सिंहले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu