संचितालाई लाग्दैछ ओलीको आरोप



aarop

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
‘एउटा साथी’ निर्देशन गरेर तारिफ पाएका संचारकर्मी निर्देशक लक्ष्मण सुवेदीको स्क्रिप्टमा ‘आरोप’ नामक फिल्म बन्ने भएको छ । अमर ओलीको निर्देशनमा बन्ने ‘आरोप’ को सोमबार राजधानीको भद्रकाली मन्दिरमा शुभमुहर्त गरियो ।

निर्माता, बितरक प्रदिपकुमार उदयले निर्देशन गरेको मुहर्त सटमा संचिता लुइँटेल र किशोर खतिवडाले अभिनय गरेका थिए । मुहर्त सटको क्यामेरा स्वीचअन निर्माता सुनील रावलले गरे भने निर्देशक सुमन दाहालले क्ल्याप ठोक । नरिवल भने प्रदशोन्मुख फिल्म ‘कान्छी मट्याङ ट्याङ’ का निर्माता, अभिनेता र निर्देशक पुरन थापाले फोडेका थिए ।

दिलासा क्रिएसनको ब्यानरमा दिनेश पाठक र बिजय सापकोटा निर्माता रहेको फिल्ममा संचिता र किशोरका साथमा सुशील पोखरेल, रश्मी भट्ट, ऋचा थापा, राजन गहतराज, उद्धव गिरी, दिपीका ढकाल, भुमेश्वर भट्टर्राईलगायतले अभिनय गर्दैछन् । स्क्रिप्ट एकदम मनपरेकाले अभिनय गर्न लागेको नायिका संचिताले बताइन् भने नायक किशोर पनि ‘आरोप’ ले दर्शकमाझ नौलो स्वाद पस्कने जिकीर गरे ।

चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियको प्रमुख आथित्यतामा सम्पन्न समारोहमा चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्का, निर्माता सुनील रावल, अभिनेता/निर्देशक देशभक्त खनाल, द्धन्द्ध कलाकार संघका अध्यक्ष योगेन्द्र श्रेष्ठ, निर्देशक श्याम भट्टर्राईलगायतले आरोपको सफलताको शुभकामना ब्यक्त गरेका थिए । यसअघि धर्ती पुत्र र वे टु इन्जुरी, दुइ फिल्म निर्देशन गरिसकेका निर्देशक अमरले ‘आरोप’ पूर्ण मनोरञ्जक फिल्म हुने दावी गरे ।

मंगलबारदेखि नवलपरासीमा सुटिङ थालीने फिल्म बीरेन्द्र भट्टले खिच्दैछन् । फिल्ममा सानुकुमारको द्धन्द्ध, बिकास चौधरी र गणेश चौधरीको संगीत र शंकर अधिकारी ‘घायल’ को गीत छ । प्रोडक्शन लिसन डाँगीले हेर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu