निर्माता खतिवडा काठमाण्डौमा मृत फेला



narayan

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नेपाली चलचित्रका निर्माता नारायण खतिवडा बुधवार मृत फेला परेका छन् । पछिल्लो प्रोजेक्ट ‘मेरो मान्छे’को पोस्टप्रोडक्शनको लागि काठमाण्डौ आएका चितवनका खतिवडा काठमाण्डौको बागबजार स्थित होटल हार्दिकको कोठा नं. १०३ मा मृत भेटिएको बताईएको छ ।

बुधवार बिहान अबेरसम्म कोठाको ढोका नखुलेपछि खोलेर हेर्दा उनि नग्न अवस्थामा मृत भेटिएका थिए । हाल उनलाई माहाराजगञ्ज स्थित त्रि.वि. शिक्षण अस्पतालमा पोस्टमार्टमको लागि राखिएको छ । बिहिबार बिहान पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण थाहा हुने बताईएको छ ।

यसअघि ‘भेटी’ र ‘लफडा’ चलचित्र बनाईसकेका खतिवडा‍ रक्तचापको रोगी रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu