जयनेपालमा देखियो ‘सुनपानी’



sunpaniठुलोपर्दा डटकम, काठमाण्डौ ।
गुन्जन एण्ड कुसुम फिल्म्सको प्रस्तुतिमा लायन चेत बहादुर सिंह (राजा)को निर्माणमा र सबिन बास्तोला (गीरधारी)को कथा,निर्देशनमा बनेको चलचित्र सुनपानीको बिषेश प्रदर्शन जयनेपाल हलमा सम्पन्न भएको छ । ने.क.पा.एमालेको गण्डकी सम्पर्क कमिटिको सहयोगार्थ भएको च्यारिटि शोमा एमालेका केन्द्रिय सदस्य पूर्व मन्त्री किरण गुरुङ्ग प्रमुख आतिथि रहेका थिए ।

चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, गण्डकी सम्पर्क मञ्चका अध्यक्ष अर्जुन पाण्डे लगायतको सहभागितामा प्रदर्शन भएको यस चलचित्रले दर्शकमा बिशेष छाप छोडन सफल भएको बताईएको छ । थुप्रै चेतनामूलक टेलिश्रृंखहरुमा निर्देशन तथा अभिनय गरेका निर्देशक सबिन बास्तोलाले सुनपानीमा जातिय छुवाछुत र बर्गीय शोषण बिरुद्ध शसक्त प्रस्तुति गर्दै मुख्य पात्र गागाधर पण्डीतको भुमिकामा जिवन्त अभिनय गरेका छन् ।

यसै गरि दलित परिवारको भुमिकामा तारा के.सी., अग्रज के.सी. र आशा भुषालको अभिनय मार्मिक रहेको छ । नायक नविन तिम्सिना, चेत बहादुर सिंह, बुद्धिसागर खनाल, दिलिप तामाङ्ग, स्वस्तिका लामिछाने, निशा शाह, स्मृती पाण्डे, लक्ष्मण लम्साल, सिताराम तिम्सिना आदिको समेत अभिनय रहेको सुनपानीमा छायााकन गणेशकुमार श्रेष्ठ, सागीत बिमलराज क्षेत्री, नृत्य कमल खालिङ्ग र नीशा शाहको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu