आर्यनलाई पिरो खान र सुस्मितालाई गुलियो खुवाउन मन पर्ने (भिडियो)



aaryan-susmita

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
फाल्गुन २२ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र पूनर्जन्मको रोमान्टिक गीत सार्वजनिक भएको छ । पिरो पिरो नामक बोलको गीतमा बसन्त सापकोटा संगीत र राजेन्द्र थापाको शब्द तथा प्रल्हाद तिमिल्सिना र मिलन अमात्य स्वर रहेको छ ।

कविराज गहतराजको करियोग्राफी रहेको सार्वजनिक गीतमा नायक आर्यन सिग्देल र सुस्मिता शाहीको आर्कषक नृत्य देख्न सकिन्छ । मोहनकृष्ण श्रेष्ठ र भद्र बहादुर शाहीले मिलेर निर्माण गरेको यो फिल्मलाई सजन श्रेष्ठले निर्देशन गरेका हुन् ।

फिल्ममा आर्यन र सुस्मिताको साथमा गजित विष्ट, केकी अधिकारी, मिथिला शर्मा, लक्ष्मी गिरी लगायतको अभिनय रहेको छ । चलचित्रमा शिव ढकाल र नवराज कृष्ण थापाको छायांकन, कविराज गहतराजको नृत्य, सुदर्शन श्रेष्ठको पटकथा तथा संवाद रहेको फिल्ममा अष्ट महर्जनको द्वन्द्व निर्देशन छ ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu