सलमान सबैभन्दा धनी, शाहरुख दोस्रोमा



salman

बलिउडमा बेला बेलामा चर्चामा आईरहने बलिउडका दुई खान शाहरुख खान र सलमान खानको दुस्मनीले जती चर्चा पहिले पाएको थियो त्यो भन्दा बढि चर्चा यति बेला उनीहरुको मित्रताको छ । त्यहि क्रममा केहि दिन अगाडी मात्र बलिउडमा बादशाह शाहरुख खान भारतका पहिलो धनी कलाकार बनेका थिए तर शाहरुख खानलाई नै उछिन्दै सलमान खान पहिलो स्थानमा उक्लिँदै भारतका सबैभन्दा धनी कलाकारको रुपमा उभिएका छन् ।

फोर्ब्स पत्रिकाले हरेक बर्ष प्रकाशन गर्ने भारतका धनी सेलिब्रेटीको सूचीमा सलमान यो बर्ष पहिलो स्थानमा उक्लिएका हुन् । अघिल्ला दुई बर्ष लगातार नम्बर एकमा रहेका शाहरुख यो बर्ष नम्बर २ मा झरेका छन् भने अघिल्लो बर्ष नम्बर पाँचमा रहेका अमिताभ बच्चन यो बर्ष नम्बर ३ मा उक्लिएका छन् । नम्बर चारमा अक्षय कुमार परेका छन् भने क्रिकेटर महेन्द्र सिंह धोनी पाचौँ नम्बरमा पर्न सफल भएका छन् ।

सलमान खान २४४.५ करोडले पहिलो धनि सेलिब्रेटी बनेका हुन् । शाहरुख खानको २०२.४ करोडले दोस्रो नम्बरमा, अमिताभ बच्चन १९६.७५ करोडले तेस्रो नम्बरमा, अक्षय कुमार १७२ करोडले चौंथो नम्बरमा, क्रिकेट खिलाड़ी महेंद्र सिंह धोनी १४१.८ करोडले पाँचौं नम्बरमा, दीपिका पादुकोण ९७.२ करोडले छैंटौ नम्बरमा, रणबीर कपूर ९३.२५ करोडले सातौं नम्बरमा, ऋतिक रोशन ८५ करोडले आठौं नम्बरमा, आमिर खान ८०.४७ करोडले नवौं नम्बरमा र सैफ अली खान ६२.८८ करोडले दशौं नम्बरमा पर्न सफल भएको फोर्ब्स पत्रिकाले जनाएको छ ।

त्यस्तै ११ देखी २० स्थान सम्ममा सचिन तेंदुलकर, विराट कोहली, प्रियंका चोपड़ा, महेश बाबू, ए.आर. रहमान, करीना कपूर खान, ए.आर. मुरुगादास, अजय देवगन, अजित कुमार र कैटरीना कैफ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu