सुवेदीको ‘लालजोडी’को गीत रेकर्डिङ सुरु



laljodi

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
एउटा साथीपछि निर्देशक लक्ष्मण सुवेदीले निर्देशन गर्न लागेको दोस्रो फिल्म लालजोडीको गीत रेकर्डिङ सुरु भएको छ । दिलासा क्रिएसनको ब्यानरमा निर्देशक सुवेदी स्वयं निर्माता रहेको फिल्मको आज त क्या ब्युटी भा’की छौ… बोलको गीत शनिबार काठमाडौं प्लाजास्थित ड्रिम्स स्टुडियोमा रेकर्ड गरियो ।

राजेशपायल राई र मनीषा पोखरेलले गाएको सो गीत दिनेश सुवेदीले लेखेका हुन् भने संगीत टंक बुढाथोकीले दिएका छन् । १९ माघबाट सुटिङ सुरु हुने फिल्मका कलाकार र प्राविधिकको चयन कार्य भइरहेको निर्देशक सुवेदीले बताए ।

कमेडी लभस्टोरी लालजोडीको स्क्रिप्ट निर्देशक स्वयंले लेखेका छन् । फिल्म बबाल बनाउने योजनामा लागेका सुवेदी कुशल संचारकर्मी मात्र नभइ एउटा साथीबाट अब्बल निर्देशकका रुपमा पनि सावीत भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu