नेपाली भाषामा बन्दै ‘एस.पी. खरेल–२’



SP-Kharel

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
भोजपुरी फिल्मका कलाकारहरुले अभिनय गर्न लागेको नेपाली भाषाको फिल्म “एस पी खरेल’ भाग–२ को शुभ मुहुर्त शुक्रबार वीरगन्जमा गरिएको छ। नेपाल प्रहरीका चर्चित एस.एस.पी. रमेश खरेलको जीवन र कार्यशैलीबाट प्रभावित भएर नेपाली भाषामा “एस.पी. खरेल–२” निर्माण हुन लागेको हो ।

चलचित्रलाई माँ राधिका इन्टरनेशनल मूभि प्रालिले निर्माण गर्न लागेको हो । लगभग तीन वर्ष अघि भोजपुरी भाषामा निर्माण गरिएको एस.पि. खरेल फिल्मका कलाकारहरुले नै यस सिनेमामा अभिनय गर्नेछन् । फिल्ममा एस पी रमेश खरेलको भुमिका वीरगन्जका भोजपुरी कलाकार विदेशी साहले अभिनय गर्नेछन् ।

फिल्मको छायांकन वीरगन्ज, पोखरा र काठमाडौंमा गरिने फिल्मका निर्देशक रमण बस्नेतले बताए । एस.एस.पी रमेश खरेलको खरो कार्यशैलीलाई आधार बनाएर राष्ट्रियता र इमान्दारितामा आधारित फिल्मको सुटिङ् एक महिनामा समापन गर्ने लक्ष्य निर्माण पक्षले राखेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu