फागुन २२ मा ‘भीमदत्त’



Bhimdatta

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
विदेशका विभिन्न देशहरुमा च्यारिटि शो सम्पन्न गरेको चलचित्र ‘भीमदत्त’ले नेपालमा आफ्नो प्रदर्शन मिति सार्वजनिक गरेको छ । केहि दिन भित्रमा नै चलचित्रका आधिकारिक रुपमा प्रदर्शन मिति सार्वजनिक गर्ने चलचित्रका कलाकार तथा निर्माता नवल खड्काले बताए ।

गोल्डेन आई फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा नवल खड्कासँगै निशा अधिकारी, सुमिना घिमिरे, श्रीराम पुढासैनी, रमेश बुढाथोकि, कविता शर्मा, सञ्जय खतिवडा, लय संग्रौला, रवि गिरी लगायतको अभिनय रहेको छ । चलचित्रलाई हिमग्याप टासी लामाले निर्देशन गरेका हुन् । किसान आन्दोलनको अगुवा नेता भिमदत्त पन्तको वास्तविक कथामा बनेको चलचित्र ‘भिमदत्त’ले सेन्सर बोर्डबाट पिजी प्रमाणपत्र पाएको थियो ।

डढेल्धुराका किसान नेता भिमदत्त पन्तको जीवनको इतिहासमा आधारित रहेर यो चलचित्र बनाईएको छ। फिल्ममा शिवम अधिकारीको पटकथा, हिमाल केसीको द्वन्द्व तथा मणि थापाको संगीत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu